भारत सरकारको सहयोगमा निर्मित हुम्लामा दुई परियोजनाको उद्घाटन

भारत सरकारको सहयोगमा निर्मित हुम्लामा दुई परियोजनाको उद्घाटन गरिएको छ। नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव र स्थानीय सरकारका प्रतिनिधिले बुधबार ती परियोजनाको संयुक्तरूपमा उद्घाटन गरेका हुन्।

‘नेपाल-भारत विकास सहकार्य’ कार्यक्रमअन्तर्गत भारत सरकारका साढे ५ करोडको अनुदान सहयोगमा सर्केगाड गाउँपालिकास्थित श्री सरस्वती माध्यमिक विद्यालयका लागि निर्मित भवन र चंखेली गाउँपालिकास्थित श्री महादेव माध्यमिक विद्यालयका लागि ल्याब र पुस्तकालय भवनको उद्घाटन गरिएको हो।

कार्यक्रममा राजनीतिक दलका प्रतिनिधि, समाजसेवी, नेपाल सरकारका पदाधिकारी, विद्यालय व्यवस्थापन समितिका प्रतिनिधि, शिक्षक, अभिभावक, विद्यार्थी र स्थानीय समुदायको उपस्थिति रहेको थियो।




Leave a Reply

Your email address will not be published. Required fields are marked *