टिकटक खुलाउने आदेश दिन सर्वोच्चद्वारा अस्वीकार
सरकारले टिकटकमाथि प्रतिवन्ध गरेको विषयमा परेको मुद्दामा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ । निवेदकको माग बमोजिम अन्तरिम आदेश भने जारी भएन ।
गत २७ गते बसेकाे मन्त्रिपरिषद्को बैठकको निर्णयबाट सामाजिक सञ्जाल प्लेटफर्म टिकटक नेपालमा बन्द गर्ने निर्णय गरेको थियो ।
टिकटक बन्द गर्ने सरकारको निर्णयविरुद्ध १० जनाको रिट निवेदन परेको थियो । ती सबै निवेदनलाई सर्वोच्चले एकमुष्ट सुनवाइ गर्दै कारण देखाउ आदेश जारी गरेको हो ।
सामाजिक सञ्जाल फेसबुक, युट्यूव लगायत विभिन्न ओटीटी प्लेटफर्मममाथि रोक लगाउनु पर्ने माग सहित वीपी गौतमले र नेपाल केवल टेलिभिजन महासंघले हालेको मुद्दाका निवेदकले पनि बहसमा इन्टरभेन्टसन गरेका थिए । उक्त मुद्दामा अधिवक्ताद्वय सुलभ खनाल र कृपा सुवेदीले बहस गर्दै अवैध सामाजिक सञ्जाल तथा ओटीटी एपहरु बन्द गर्नुपर्ने जिकिर गरेका थिए ।
Facebook Comment