नेपाल पत्रकार महासंघको चुनावमा थारू पत्रकारहरूले कहाँ कहाँ जिते?

नेपाल पत्रकार महासंघको चुनावमाको मतपरिणाम सार्वजनिक हुने क्रम जारी छ। शुक्रबार केन्द्र, प्रदेश र जिल्लासहित सबै शाखाहरूको निवार्चन भएको हो। शनिबार दिउँसोसम्म अधिकांश जिल्लाको मतपरिणाम आइसकेको छ। केही थारु बाहूल्य जिल्लाबाहेक अधिकांश जिल्लाको मतपरिणाम आइसकेको छ।

यसपटक केन्द्रीय सचिवमा दाङका सविन प्रियासनबाहेक अन्य थारू उम्मेदवार छैनन्। पछिल्लो मतपरिणामअनुसार उनले अग्रता कायम राखेका छन्। त्यस्तै प्रदेशहरूमा पनि थारु पत्रकारहरूको उम्मेदवारी परेको छ। अन्तिम मतपरिणाम भने सार्वजनिक भएको छैन।

जिल्ला शाखाहरूको मतपरिणामअनुसार थारु पत्रकारहरू ठूलो पद भनेको उपाध्यक्षमा निर्वाचित भएका छन्। पुष्पा चौधरी बर्दियाको उपाध्यक्षमा निर्वाचित भएकी हुन्। त्यस्तै सहसचिवमा चितवनका राजु चौधरी, बाराका दुष्यन्त चौधरी, बाँकेका भगतराम थारु, दाङका प्रकाश चौधरी र बर्दियाका सरम चौधरी रहेका छन्।

अनिता चौधरी, सदस्य, कैलाली
रतनलाल चौधरी, सदस्य, कैलाली
सुधराम दहित, सदस्य, कैलाली
प्रकाश चौधरी, सहसचिव, दाङ
सरिता चौधरी, सदस्य, दाङ
सुरक्षा चौधरी, सदस्य, दाङ
दीप्तीशिखा चौधरी, राष्ट्रिय परिषद्, दाङ
लक्ष्मी चौधरी, सदस्य, धनुषा
पुष्पा चौधरी, उपाध्यक्ष, बर्दिया
सरम चौधरी, सहसचिव, बर्दिया
चन्द्रकला चौधरी, सदस्य, सुनसरी
कमला कुमारी चौधरी, प्रदेश परिषद्, सुनसरी
धीरेन्द्र कुमार चौधरी, प्रदेश परिषद्, सुनसरी
सुशीला चौधरी, प्रदेश परिषद्, सुनसरी
राजु चौधरी, सहसचिव, चितवन
दानसिंह डगौरा (थारु), सदस्य, कञ्चनपुर
अनिता चौधरी, सदस्य, रुपन्देही
नरेश चौधरी, सदस्य, रुपन्देही
भगतराम थारु, सहसचिव, बाँके
शम्भु थारु, सदस्य, बाँके
निर्मला चौधरी, सदस्य, बाँके
दुष्यन्त चौधरी, सहसचिव, बारा
धीरेन्द्र पनुहर, सदस्य, बारा
सविता चौधरी, सदस्य, लुम्बिनी प्रदेश
हेमन्ती डगौरा चौधरी, उपाध्यक्ष, सुदूरपश्चिम प्रदेश
जियालाल चौधरी, सदस्य, मधेस प्रदेश




Leave a Reply

Your email address will not be published. Required fields are marked *