अमेरिकी थारूहरूको संस्था टीएफएको छात्रवृत्ति भर्नुभयो? यसरी भर्नुस् (भिडियोसहित)

अमेरिकी थारूहरूको संस्था थारु एन्ड फ्रेन्ड्स एसोसिएसन (टीएफए)ले २०२४/२०२५ सत्रका लागि छात्रवृत्ति आह्वान गरेको छ। नेपालमा प्लस टू र स्नातक तहमा अध्ययनरत विद्यार्थीका लागि टीएफएले छात्रवृत्ति आह्वान गरेको हो। यस छात्रवृत्तिको आवेदनका विषयमा धेरै जनाले जिज्ञासा राख्नुभएको छ। अधिकांशले कसरी आवेदन दिने भनेर प्रश्न गरेका छन्। यही प्रश्नको जवाफस्वरुप आज यो टुटोरियल भिडियो बनाएका छौं।

टीएफको छात्रवृत्ति आवेदनका लागि तपाइँ सुरूमा
www.tharus.org जानुहोस्। वेवसाइट खुलेपछि तपाइँले सुरूमै छात्रवृत्तिको आवेदनसम्बन्धी घोषणा देख्न सक्नुहुन्छ।
अथवा फेसबुकमा TFA tharus सर्च गरेर पनि त्यहाँ राखिएको लिङ्कबाट आवेदन दिने वेवसाइटमा पुग्न सक्नुहुन्छ।
सुरूमा तपाइँले छात्रवृत्ति आवेदनका लागि के के क्राइटेरिया रहेका छन्। त्यसबारे बुझ्न जरुरी छ। जस्तै आवश्यक योग्ताहरू, आवश्यक डकुमेन्टहरूका बारेमा जान्न जरुरी हुन्छ।
सुरुमै भने
– यो छात्रवृत्ति नेपालमा १०+२ र स्नातक तहका योग्य थारू विद्यार्थीहरूलाई प्रदान गरिने छ। नेपालमा बसोबास गर्ने सबै योग्य थारू विद्यार्थीहरूले आवेदन दिन सक्छन्।
– आवेदन बुझाउने अन्तिम मिति २०८१ साल माघ २ गतगे रहेको छ।

आवश्यक योग्यतामा
– तपाइँ थारू हुनु पर्छ।
– नेपालको मान्यता प्राप्त संस्थामा पूर्ण-समय विद्यार्थीको रूपमा भर्ना हुन अनिवार्य छ।
– शैक्षिक स्थिति राम्रो हुनुपर्छ।
– सरकारी र गैर-सरकारी संस्थाहरूबाट कुनै प्रकारको आर्थिक सहयोग नलिएको हुनु पर्छ ।

के के डकुमेन्ट आवश्यक पर्छ त?
– अघिल्लो शैक्षिक स्तरको मार्कसिट/ट्रान्सक्रिप्ट हुनुपर्‍यो। त्यो भनेको प्‍लस टूका लागि एसईईको र स्नातकको लागि प्लस टूको शैक्षिक प्रमाणपत्र हुनुपर्छ।
– तपाईंको प्रवेशको प्रमाण, जस्तै: विद्यार्थी आईडी कार्ड वा संस्थाको पत्र हुनसक्छ।
-व्यक्तिगत अभिव्यक्ति अर्थात तपाइँला यो छात्रवृत्ति किन आवश्यक छ। त्यसबारे खुलाउनुपर्छ।
– त्यसपछि वडा कार्यालय र शिक्षक वा सामाजिक कार्यकर्ताबाट सिफारिस पत्र जरुरी छ। जसको फर्म तपाइँले यहाँबाट प्रिन्ट गर्न सक्नुहुन्छ।
– यदि तपाईं अशक्तता, अनाथ र कमैया परिवारको सदस्यको लागि दावी गर्दै हुनुहुन्छ भने प्रमाण प्रस्तुत गर्नुपर्छ।
– अनि एउटा राहदानी साइजको फोटो पनि आवश्यक पर्छ।
टीएफएले आफ्नो वेवसाइट , फेसबुक र इमेलमार्फत् छात्रवृत्ति घोषणा गर्नेछ।

छात्रवृत्ति पाइसकेपछि यसले तपाईंलाई कसरी मद्दत गर्‍यो भनेर TFAलाई इमेल पठाउनुपर्छ। त्यस्तै छात्रवृत्ति कार्यक्रमको नियम र नीतिहरूको पालन गर्नुपर्ने हुन्छ।

फर्म भर्नका लागि यहाँ क्लिन गर्नुस्। क्लिक गर्नुअघि तपाइँलाई केही जिज्ञासा लागेमा [email protected] मा सम्पर्क गर्न सक्नुहुन्छ।

फर्ममा क्लिक गरेपछि यस्तो खुल्छ। यहाँ दिइएका शर्तहरू तपाइँले पढ्न सक्नुहुनेछ।
त्यसपछि व्यक्तिगत विविरण यहाँ भर्न सकिन्छ।
जस्तै पूरा नाम, जन्म मिति, लिंग, घरको ठेगना, फोन र इमेल हाल्न सक्नुहुन्छ।
त्यसपछि शैक्षिक जानकारीबारे विवरण भर्नुपर्छ।
– जसमा प्‍लस टू वा स्नातक के हो खुलाउनुपर्नेछ।
– स्कुल कलेजको नाम उल्लेख गर्नुपर्नेछ। त्यसको ठेगना राख्नुपर्नेछ।
– तपाइँको मुख्य विषय के हो, तपाइँको कलेज सरकारी वा निजी के हो? स्कूल/कलेजमा भर्ना भएको प्रमाण पनि हाल्नुपर्ने हुन्छ।

त्यस्तै परिवारको मुख्य पेसा, पारिवारको कूल वार्षिक आय, स्थानीय र सामाजिक अभियन्ताबाट बनाइएको सिफारिस अपलोड गर्नुपर्ने हुन्छ। त्यसपछि व्यक्तिगत स्टेटमेन्ट र पासपोर्ट साइजको फोटो पनि अपलोड गर्नुपर्ने हुन्छ।
त्यसपछि दिइएको सर्तमा सहमति जनाएर सबमिट गर्नुपर्ने हुन्छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *