नेपाल पत्रकार महासंघको पदाधिकारीमा पहिलोपटक थारू पत्रकार निर्वाचित (सूचीसहित)
नेपाल पत्रकार महासंघको पदाधिकारीमा पहिलोपटक थारू समुदायका पत्रकार निर्वाचित भएका छन्। दाङ निवासी सबिन कुमार चौधरी ‘सबिन प्रियासन आदिवासी जनजाति समूहबाट सचिवमा निर्वाचित भएका हुन्।
उनले ३ हजार ५३५ मत ल्याएर विजयी भएका हुन्। उनका प्रतिद्वन्द्वी भिसन राईले २ हजार ४५७ र टीकाराम प्रधानले १ हजार ६९ मत ल्याएका छन्।
नेपालपत्रकार महासंघको इतिहासमा पदाधिकारीमा निर्वाचित हुने उनी पहिलो थारू पत्रकार बनेका छन्। यसअघि कैलाली निवासी लक्की चौधरी केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए।
त्यस्तै प्रेस चौतारी र प्रेस युनियन गठबन्धनका साझा उम्मेदवार निर्मला शर्मा अध्यक्षमा निर्वाचित भएकी छन्। उनले ४ हजार २८२ मत ल्याएर विजयी भएकी हुन्। उनका प्रतिद्वन्द्वी रमेश विष्टले ३ हजार २०३ मत ल्याएका छन्।
थारू पत्रकारहरू को कहाँ जिते?
अनिता चौधरी, सदस्य, कैलाली
रतनलाल चौधरी, सदस्य, कैलाली
सुधराम दहित, सदस्य, कैलाली
प्रकाश चौधरी, सहसचिव, दाङ
सरिता चौधरी, सदस्य, दाङ
सुरक्षा चौधरी, सदस्य, दाङ
दीप्तीशिखा चौधरी, राष्ट्रिय परिषद्, दाङ
लक्ष्मी चौधरी, सदस्य, धनुषा
पुष्पा चौधरी, उपाध्यक्ष, बर्दिया
सरम चौधरी, सहसचिव, बर्दिया
चन्द्रकला चौधरी, सदस्य, सुनसरी
कमला कुमारी चौधरी, प्रदेश परिषद्, सुनसरी
धीरेन्द्र कुमार चौधरी, प्रदेश परिषद्, सुनसरी
सुशीला चौधरी, प्रदेश परिषद्, सुनसरी
राजु चौधरी, सहसचिव, चितवन
दानसिंह डगौरा (थारु), सदस्य, कञ्चनपुर
अनिता चौधरी, सदस्य, रुपन्देही
नरेश चौधरी, सदस्य, रुपन्देही
भगतराम थारु, सहसचिव, बाँके
शम्भु थारु, सदस्य, बाँके
निर्मला चौधरी, सदस्य, बाँके
दुष्यन्त चौधरी, सहसचिव, बारा
धीरेन्द्र पनुहर, सदस्य, बारा
सविता चौधरी, सदस्य, लुम्बिनी प्रदेश
हेमन्ती डगौरा चौधरी, उपाध्यक्ष, सुदूरपश्चिम प्रदेश
जियालाल चौधरी, सदस्य, मधेस प्रदेश
करिश्मा चौधरी, सदस्य, कर्णाली प्रदेश
Facebook Comment