सिद्धपृथ्वी जनता क्याम्पसको स्ववियु सभापतिमा चौधरी

दाङको दङ्गीशरण गाउँपालिका-६ स्थित सिद्धपृथ्वी जनता क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को सभापतिमा अखिल (क्रान्तिकारी) का उम्मेदवारले मात्रै उम्मेदवारी दर्ता गरेपछि निर्विरोध नेतृत्व चयन भएको छ।

नयाँ कार्यसमितिको सभापतिमा सुदीप चौधरी, उपसभापतिमा पूर्णिमा चौधरी, सचिवमा मनाङकिता कक्रेल, सहसचिवमा कोमल खड्का र कोषाध्यक्षमा सीता चौधरी चयन भएको क्याम्पस प्रमुख मनिराम चौधरीले जानकारी दिए। सदस्यहरूमा सुस्मिता चौधरी, सविता चौधरी, सङ्गीता चौधरी निर्विरोध भएका छन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *