तीनकुने क्षेत्रमा तोडफोड र आगजनी गर्ने हेमराज थारूसहित ६ जना पक्राउ

प्रहरीले १५ चैतमा तीनकुनेमा प्रदर्शनका क्रममा भएको तोडफोड, आगजनीमा संलग्न भएको आरोपमा थप ६ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी प्रहरी उपरीक्षक अपिलराज बोहराका अनुसार पक्राउ पर्नेहरूमा सर्लाही कबिलासी- ६ घर भई हाल ललितपुरको टिकाथली बस्ने २२ वर्षीय अमित शाह, सुनसरीको धरान घर भई काठमाडौं- ३१ बस्ने १९ वर्षीय सुमन कार्की छन् ।

त्यस्तै, बर्दिया बारबर्दिया- २ जोहिगाउँका ३४ वर्षीय हेमराज थारू, धादिङ सिद्दलेख- ४ का २७ वर्षीय दिवस बोगटी क्षेत्री, काभ्रेको नमोबुद्ध नगरपालिकाकी ३० वर्षीया अनिता कुँवर (ऐनी) र सिन्धुपाल्चोक बाह्रबिसेका ३० वर्षीय कुमार तामाङ पक्राउ परेका छन् ।

उनीहरूलाई काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । उनीहरूलाई काठमाडौं जिल्ला अदालतबाट ३ दिन म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *