प्रदेश

गाडी दुर्घटनामा प्रदेश सांसद चौधरी घाइते

राष्ट्रियसभा सदस्य निर्वाचनमा सहभागी हुन दाङको घोराही जाँदै गर्दा लुम्बिनी प्रदेशसभा सदस्य तुलसी चौधरी सामान्य घाइते भएका छन्। उनी सवार शुद्धोदन गाउँपालिकाको बा२झ ३४४४ नंको स्कारपिओ गाडी गढवा गाउँपालिकाको कालाकाँटेमा लु१प २५८४ नंको ट्रकसँग ठक्कर खाएको थियो।

थारुवान संबाददाता

अध्यक्ष केपी शर्मा ओलीले प्रस्ताव गरेको थारु कोटातर्फको केन्द्रीय सदस्यको सूचीमा असन्तुष्टि जनाउँदै पर्साका जयप्रकाश थारुले उम्मेदवारी दिएका थिए। उनी पराजित भएका छन्। उनले जम्मा ७१९ मत पाए।

थारुवानन्युज

नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधिमा डिल्लीबहादुर चौधरी निर्विरोध चयन भएका छन्। लुम्बिनी प्रदेशका पर्यटन, ग्रामीण तथा सहरी विकासमन्त्रीसमेत रहेका उनी दाङ निर्वाचन क्षेत्र नम्बर ३ बाट महाधिवेशन प्रतिनिधिमा चयन भएका हुन्।

थारुवान संबाददाता

लुम्बिनी प्रदेशका स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण मन्त्री इन्द्रजित थारुले कोरोना महामारी तेस्रो लहर आउनसक्ने भन्दै सम्पूर्ण स्वास्थ्य संस्था पूर्व तयारीमा बस्नुपर्ने बताएका छन्। २ करोड ६० लाखको लगानीमा भैरहवास्थित भीम अस्पतालमा स्थापना गरिएको

थारुवान संबाददाता

नेपाली कांग्रेस प्रदेश १ की सांसद नवोदिता चौधरीले आफ्नो चरित्र हत्या गर्न खोजेको बताएकी छन्। ‘फ्लोर क्रस’ गर्न चाहने सांसदको रुपमा उनको नाम बाहिरिएपछि उनले आपत्ति जनाएकी हुन्।

थारुवान संबाददाता

माओवादीका सांसद इन्द्रजीत थारू स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा नियुक्त भएका छन्। उनी लुम्बिनी प्रदेशको मन्त्रीमा चयन भएका हुन्। मुख्यमन्त्री कुलप्रसाद केसीले मन्त्रिपरिषद् विस्तार गरेलगत्तै नवनियुक्त मन्त्रीहरूले आइतबार पद तथा गोपनीयताको शपथ लिएका छन्।

थारुवान संबाददाता

लुम्बिनी प्रदेशमा मन्त्रीविहीन बनेका मन्त्रालयमध्ये थप ३ मन्त्रालयको जिम्मेवारी पर्यटन, ग्रामीण तथा सहरी विकास मन्त्री डिल्लीबहादुर चौधरीलाई दिइएको छ। मन्त्रिपरिषदको सिफारिशमा प्रदेश प्रमुख अमिक शेरचनले थप ३ मन्त्रालयको जिम्मा चौधरीलाई दिएका हुन्।

थारुवान संबाददाता

सुदूरपश्चिम प्रदेशका सांसद सदस्य कृष्णबहादुर चौधरीले महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीमा सनाखत गरेका छन्। यसअघि उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीमै रहने बताएका उनले ठाकुर नेतृत्वको पार्टी रोजेका हुन्।

थारुवान संबाददाता

प्रदेश २ मा नेकपा एमालेका ११ जना सांसदले माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)लाई रोजेका छन्। प्रदेश २ को कूल २१ सांसदमध्ये ११ जनाले माधव नेपालको पार्टीलाई रोजेका हुन्। जनकपुरस्थित प्रदेश २ निर्वाचन कार्यालयमा बिहीबार १० जना भौतिकरुपमा र एकजनाले पत्रमार्फत् एकीकृत समाजवादीको पक्षमा सनाखत गरेका हुन्।

थारुवान संबाददाता

प्रदेश १ मा नेकपा एमालेका १० जना सांसदहरुले नेकपा एकीकृत समाजवादी पार्टी रोजेका छन्। तीमध्ये थारु समुदायका एकमात्र सांसद सुनिता चौधरी पनि छिन्। उनीहरूमध्ये ७ जनाले एकीकृत समाजवादी पार्टीमा सनाखत गरेका छन्। उपेन्द्र घिमिरे, कृष्णकुमारी राई र राजेन्द्र राईले सनाखत गर्न बाँकी छ।

थारुवान संबाददाता