संघ

६ मन्त्रालयसहित सरकारमा जाने माधव नेपाल पक्षका सांसद मेटमणि चौधरीको उद्घोष

नेकपा (एमाले) का माधव कुमार नेपाल समूहका नेता तथा सांसद मेटमणि चौधरीले आफ्नो समूहले अर्को पार्टी निर्माण गर्ने स्पष्ट पारेका छन्। चौधरीले केपी ओली अध्यक्ष रहेको एमालेबाट निर्वाचनमा जाँदा १६५ निर्वाचन क्षेत्रमध्ये कुनै पनि निर्वाचन क्षेत्रमा जित्न नसकेर समाप्त हुने पोजिसन आउनसक्ने उल्लेख गर्दै आफूहरूले त्यो रिस्क मोल्न नचाहेको...

थारुवान संबाददाता

नेकपा एमालेकी सांसद गंगा चौधरीले संसदीय समितिको बैठकमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सांसद नारमुनी रानामाथि दुर्व्यवहार गरेको भन्दै आपत्ति जनाएकी छन्। उनले बराबर हैसियतको जननिर्वाचित सांसदलाई बैठकबाट निस्केर जाऊ भनेर अधिनायकवादी चरित्र प्रदर्शन गरेको बताइन्।

थारुवान संबाददाता

नेकपा माओवादी केन्द्रका सांसद अमनलाल मोदीले रविन्द्र मिश्रले संघीयता खारेज र धर्मनिरपेक्षतामा जनमतसंग्रहसम्बन्धी गरेको प्रस्ताव पक्षगमनको संकेत भएको बताएका छन्। उनले समाज र मान्छे जहिल्यै परिवर्तनतिर लम्कने हो न कि पछाडि फर्किने भन्दै मिश्रको प्रस्तावलाई विरोध गरेका छन्।

थारुवान संबाददाता

जेलमा रहेका जसपा कार्यकारिणी समिति सदस्य तथा निलम्बित सांसद रेशम चौधरी पार्टीको आधिकारिकता विवाद सनाखत गर्न निर्वाचन आयोगमा पुग्दा दुवै पक्षको तानातानमा परेका छन् ।

थारूवान

प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको आइतबारको बैठकमा एमालेका सांसदहरू झगडा गर्न थालेपछि बैठक विषयवस्तुमा प्रवेश नै गर्न सकेन। यो बैठकमा विगतमा भए/गरेका निर्णयहरूको कार्यान्वयनको समिक्षा गर्ने कार्यसूची थियो।

थारुवान संबाददाता

प्रधानमन्त्रीले संसदमा विश्वासको मत पाएका छन्। मत पाउनुअघि उनले संसदमा रहेका दलहरुसँग विश्वासको मत मागेका थिए। सो क्रममा जनता समाजवादी पार्टीका तर्फबाट महन्थ ठाकुरले विश्वासको मत त दिने तर आफूहरुको माग मुद्दा कहिल्यै पूरा नहुने गुनासो पोखे।

थारूवान

नेकपा एमालेका २२जना सांसदले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका छन् । तीमध्ये ८ जना केपी ओली पक्षका छन् । बरिष्ठ नेता माधवकुमार नेपालसहित १४ जनाले विश्वासको मत दिँदा नेपाल पक्षका १० जना सांसद भने मतदान बहिस्कार गरेर हिडेका छन् ।

थारुवान संबाददाता

प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभा बैठकमा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली उपस्थित नभएको प्रति दुःख व्यक्त गरेका छन्। ‘प्रतिपक्षीले आक्रमण गरेको ठानेको थिएँ उहाँहरूले केही भन्नु नै भएन।

थारुवान संबाददाता

नेकपा एमालेका उपाध्यक्ष भीम रावलले सांसद पदबाट राजीनामाको घोषणा गरेका छन्। अछाम क्षेत्र नम्बर १ बाट निर्वाचित भएका उनले आइतबार सिंहदरबारमा भएको माधव नेपालपक्षका सांसदहरुको भेलामा उनले राजीनामा दिएको घोषणा गरेका हुन्।

थारूवान

नेकपा एमालेकी समानुपातिक सांसद गंगा चौधरीले पार्टीविरुद्ध लाग्न आफूलाई केही मानिसहरुले प्रलोभन देखाइरहेको दाबी गरेकी छन्। वरिष्ठ नेता माधवकुमार नेपाल समूहले सर्वोच्चको परमादेशबाट प्रधानमन्त्री बनेका शेरबहादुर देउवालाई विश्वासको मत दिने चर्चा चलिरहेका बेला सांसद चौधरीले यस्तो दाबी गरेकी हुन्।

थारूवान