खेलकुद
सन्दीप लामिछाने विश्वकपको उत्कृष्ट ११ मा
नेपालका स्पिनर सन्दीप लामिछाने बंगलादेशमा सम्पन्न यू-१९ विश्वकप क्रिकेटको उत्कृष्ट- ११ भित्र परेका छन् । प्रतियोगितामा १४ विकेट लिँदै उनी सर्वाधिक विकेट लिनेको सुचीमा दोस्रो स्थानमा रहेका थिए । आईसीसीले ‘फ्युचर स्टार’ भनेर बनाएको सूचीमा उनलाई ११ औं नम्बरमा राखिएको हो ।
थारूवानआइसीसी यु-१९ विश्वकपको उपाधि वेस्ट इन्डिजले जितेको छ। आइतबार बंगलादेशमा भएको फाइनलमा खेलमा भारतलाई ५ विकेटले हराउँदै उपाधि जितेको हो। टस हारेर ब्याटिङको निम्तो पाएको भारतले ४५.१ ओभरमा अलआउट भएर १ सय ४६ रनको चुनौति पेस गरेको थियो। जवाफी ब्याटिङ गरेको वेस्ट इन्डिजले ३ बल अगावै लक्ष्य भेट्टायो। उपाधि...
थारूवान१२औँ दक्षिण एसियाली खेलकुद(साग)अन्तर्गतको फुटबलमा आज नेपाल बङ्गलादेशसँग पराजित भएको छ । प्रतियोगिताको समूह चरणमा बङ्गलादेशले नेपाललाई २–१ ले हराएको हो । शाही रङ्गशाला गुहावटीमा भएको खेलमा पराजय भोगे पनि नेपाल सेमिफाइनलमा प्रवेश गरेको छ । नेपालले अब हुने खेलमा मालदिभ्ससँग प्रतिस्पर्धा गर्नेछ ।
थारूवानभलिबलमा महिलातर्फ कांस्य पदक जितेको छ । इन्दिरा गान्धी स्टेडियमको कोर्टमा मंगलबार तेस्रो स्थानका लागि भएको खेलमा नेपालले माल्दिभ्सलाई ३–० को सोझो सेटमा हराउँदै कांस्य पदक जितेको हो। माल्दिभ्सबिरुद्ध नेपालले २५–२०, २५–१३, २५–१४ को नतिजा निकालेको थियो । नेपालले महिला भलिबलमा सागको कांस्य पदक जितको यो दोस्रोपटक हो । नेपालले...
थारूवानभारतमा आजदेखि सुरु भएको दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत महिला फुटबल प्रतियोगितामा नेपालले बङ्गलादेशलाई पराजित गर्दै प्रतियोगितामा सुखद सुरुवात गरेको छ। भारतको सेलुङमा आज नेपालले आफ्नो पहिलो खेलमा बङ्गलादेशको महिला फुटबल टोलीलाई ३–० गोलअन्तरले पराजित गर्दै प्रतियोगितामा सुखद सुरुवात गरेको हो।
थारूवान
रेशम रन्जितालाई खुला पत्र