देश
दाहालविरुद्ध अदालत अवहेलना मुद्दा
एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहालविरुद्ध अदालत अवहेलना मुद्दा दायर भएको छ। द्वन्द्वकालीन मुद्दामा अदालतले गरेको फैसलाबारे गलत टिप्पणी गरी मानहानि गरेको अधिवक्ता दिनेश त्रिपाठीले सोमबार दिएको रिटमा निवेदन जिकिर छ।
थारूवानसंघीय गठबन्धन प्रमुख एवं संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले तराई–मधेस आन्दोलनले राष्ट्रिय स्वरूप ग्रहण गरेको बताएका छन्। ‘तराई–मधेस आन्दोलनले राष्ट्रिय स्वरुप ग्रहण गरेको छ, जसलाई अन्तर्राष्ट्रिय समुदायले पनि गम्भीरतापूर्वक हेरेका छन्,’ गठबन्धन नेतृत्वमा आइतबार गरिएको सिंहदरबार घेराउ कार्यक्रममा यादवले भने, ‘७० प्रतिशतभन्दा बढी जनताको समर्थन रहेको आन्दोलनले...
थारूवानभारतीय दूतावासका उच्च अधिकारीले सप्तरी जिल्लाका मधेसवादी दलका नेतासँग भेटघाट गर्दै घोषित आन्दोलन चर्काउन आग्रह गरेका छन्। काठमाडौंस्थित भारतीय दूतावासका डेपुटी चिफ अफ मिसनले विनयकुमारले एक निजी स्टाफ नर्स पढाउने इन्स्टिच्युटमा मधेसवादी दलका नेतासँग गए राति भेटघाट गर्दै त्यस्तो अाग्रह गरेका हुन्।
थारूवाननेपाल मगर संघले स्वायत्त मगरात प्रदेश स्थापनाको लागि आन्दोलन जारी राख्ने भएको छ । संघको बैशाख १८ गतेदेखि २३ गतेसम्म चितवनमा भएको ११ औं राष्ट्रिय महाधिवेशनले ‘जहाँ मगर पहिचान त्यहाँ मगर स्वायत्त शासन’ भन्ने नारालाई साकार पार्न प्रत्येक मगर बाहुल्य क्षेत्रमा संगठन विस्तार गर्ने निर्णय गरेको हो ।
थारूवानसङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपन्द्र यादवले सङ्घीय गठबन्धन अब वार्ताको पक्षमा नरहेको र आन्दोलनको तयारीमा जुटेको बताएका छन्। विराटनगर विमानस्थलमा बुधबार बिहान पत्रकारसँग कुराकानी गर्दै उनले ३६ पटक वार्ता भए पनि सरकार एक कदम पनि अगाडि नबढ्ने भएकाले अब वार्तामा नबस्ने, अधिकार प्राप्तिका लागि आन्दोलनको निरन्तरता दिने बताए।
थारूवान
रेशम रन्जितालाई खुला पत्र