देश
फास्ट ट्रयाक स्वदेशी लगानीमा बनाउने निर्णयमा शेरबहादुर देउवाको आपत्ति
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्वदेशी लगानीमा फास्ट ट्रयाक बनाउने र मंसिरमा स्थानीय निकायको चुनाव गर्ने सरकारको निर्णयप्रति संसदमा आपत्ति जनाएछन्। व्यवस्थापिका संसदमा सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथिको छलफलमा बोल्दै उनले भारतीय कम्पनीलाई दिन प्रक्रिया अघि बढाइएको काठमाडौं-निजगढ ट्र्याक सडक आफैँले निर्माण गर्दा अन्तरार्ष्ट्रिय जगतमा गलत...
थारूवानसरकारले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा सङ्घीयता कार्यान्वयन प्राथमिकतामा परेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले आज व्यवस्थापिका–संसद्मा प्रस्तुत गर्नुभएको आर्थिक वर्ष २०७३-०४ को नीति तथा कार्यक्रममा सङ्घीयताको कार्यान्वयन तथा प्रशासनिक पुनसंरचनाका लागि राजनीतिक तहमा उच्चस्तरीय निर्देशक समिति र प्रशासनिक तहमा समन्वय समिति गठन गर्ने उल्लेख छ ।
थारूवानथरुहट/थारुवान संयुक्त संघर्ष समितिले आन्दोलन स्वरुप हालै घोषणा गरिएको विभिन्न कार्यक्रमहरुप्रति कडा असहमति जनाइएको छ । थरुहट आन्दोलनको दाँया हातको रुपमा रहेको थारू यूवा दस्ताले आफुलाई वेवास्ता गरिनुको साथै जिल्ला स्तरमा विना छलफल आन्दोलनका विभिन्न कार्यक्रमहरु घोषणा गरेको भन्दै विरोध जनाएको हो ।
थारूवानव्यवस्थापिका संसदको शुक्राबारको बैठक मधेसी मोर्चा आबद्ध दललले बहिष्कार गरेका छन्। आफ्नो मागप्रति राज्य उदासिन भएको भन्दै मोर्चा आबद्ध दलले संसद बैठक बहिष्कार गरेका हुन्। बैठकको सुरुमा संघीय समाजवादी फोरम नेपालका संसदीय दलका नेता अशोक राईले आफ्नो धारणा राखेपछि मधेसी मोर्चा आबद्ध दलले बैठक बहिष्कार गरेका हुन्।
थारूवानएनेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा सहमतिको सरकार बने फोरम लोकतान्त्रिकले सशर्त समर्थन गर्ने जनाएको छ। बिहीबार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले विराटनगरमा पत्रकार सम्मेलन गरी मुलुकको राजनीतिक समस्या समाधान गर्ने शर्तमा सहमतिको सरकार बनाउन सहयोग गर्ने बताएका हुन्।
थारूवानमधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) को अध्यक्षलगायत विभिन्न पदको उम्मेदवारी आज दर्ता हुने भएको छ।विराटनगरमा जारी प्रथम राष्ट्रिय अधिवेशनको आज बसेको केन्द्रीय समितिको बैठकले पार्टीको विधान पारित गरेको र विभिन्न विषयमा अझै पनि छलफल जारी रहेकाले उम्मेदवारी दर्ता आज हुने सो पार्टीका उपाध्यक्ष भारतेन्दु मल्लिकले जानकारी दिए। निर्विरोध नभएको अवस्थामा आजै मतदान हुने...
थारूवान
रेशम रन्जितालाई खुला पत्र