देश

पाँच जिल्लाको जनमत संग्रह गरेर हुँदैन : उपेन्द्र यादव

संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले राज्यको लगानीमा पहाडी-मधेसीबीच युद्ध गराउने षड्यन्त भइरहेको आरोप लगाएका छन् । ‘मधेसको समस्या राजनीतिक भएकोले यसको समाधान राजनीतिक ढंगले नै हुनुपर्छ’, उनले भने, ‘सैनिक पहलले समाधान हुन सक्दैन । राज्यको लगानीमा मधेस आन्दोलनलाई साम्प्रदायिक बनाएर मधेसी–पहाडी युद्ध गराउने षडयन्त्र भइरहेको छ ।’ रिर्पोटर्स क्लब...

थारूवान

तीन दलका तीन प्रमुख नेताले मधेस तराईमा जारी आन्दोलनलाई आन्दोलनको रुपमा ग्रहण गर्न नसक्दा समाधान लम्बिएको थारु नेता राजकुमार लेखीले बताएका छन्। मंगलबार लहानमा सञ्चारकर्मीसँग लेखीले भने, ‘सरकार निरर्थक वार्ता गरेर आन्दोलन तुहाउने षड्यन्त्रमा लागेको छ।’ मधेस तराईको आन्दोलनमा यस क्षेत्रका जनता सहभागी भएकाले माग पूरा नभएसम्म कुनै पनि हालतमा...

थारूवान

उपप्रधानमन्त्री तथा रक्षामन्त्री भीम रावलले आयोगमार्फत कैलाली-कञ्चनपुरका थारू समुदायको समस्या सम्बोधन गरिने बताएका छन्। एमाले उपाध्यक्षसमेत रहेका मन्त्री रावलले आज नयाँ संविधानबारे कञ्चनपुरमा एमाले कार्यकर्तालाई प्रशिक्षण दिँदै नयाँ संविधानमा सबैका हक अधिकार सुनिश्चित भएका जानकारी दिए। नयाँ संविधानका उपलब्धिबारे आयोजित प्रशिक्षण कार्यक्रममा आदिवासी, थारू समुदायका एमालेका अगुवा कार्यकर्ताको सहभागीता थियो। मन्त्री...

थारूवान

थारु अगुवा नेता राजकुमार लेखीले थारुको माग पूरा नभएसम्म काठमाडौं नफर्किने बताएका छन्। थारु कल्याणकारिणी सभाको नवलपरासीमा भएको दुई दिने राष्ट्रिय भेलाले पारित गरेको मेची महाकाली अभियानअन्तर्गत लेखी तराईका विभिन्न जिल्लाको अन्तर्क्रियात्मक कार्यक्रममा सहभागी हुँदै आएका छन्।

थारूवान

राजधानीका थारु युवाहरुले नेतृत्वको आलोचना गरेका छन्। शनिबार राजधानीमा आयोजित थारु संघर्ष समितिको उपत्यका भेलाले थारु नेतृत्वकर्ता एक हुन नसकेको आरोप लगाए। आन्दोलन सफल बनाउन सबैजना एक भएर जानुको विकल्प नरहेको उनीहरुको भनाइ थियो।

थारूवान

पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले नेपाल–भारत सीमामा जारी मधेस आन्दोलन तत्काल समाधान गर्न सत्तारुढ दल र नेपाली काँग्रेसका शीर्ष नेताले व्यक्तिगत स्वार्थ र हठ त्यागेमा तत्काल निकास निस्कने बताएका छन्।

थारूवान

सत्तारुढ दल र प्रमुख प्रतिपक्षी दल तराई मधेसमा देखिएको समस्या समाधान गर्न सहमत भएका छन्। सिंहदरबारमा आज भएको द्विपक्षीय छलफलमा तराई मधेसमा आन्दोलनरत मधेसी मोर्चासँग सकारात्मक र परिणाममुखी वार्ता गर्नुपर्ने र मुलुकले भोग्नु परेको समस्यालाई समाधान गर्न ती दल एकमत भएका हुन्।

थारूवान

थारु नेता राजकुमार लेखीले तराई मधेसमा सेना परिचालन गरेर देखाउन सरकारलाई चुनौती दिएका छन्। नेमकिपा अध्यक्ष नारायणमाण विजुक्टछेले तराई मधेसमा सरकारले सेना परिचालन गर्नुपर्ने दिएको अभियव्यक्तिलाई चुनौती दिँदै लेखीले सेना पठाएर देखाउन चुनौती दिए।

थारूवान

नेपाली कांग्रेसका नेता रमेश लेखकले अहिले बनेको सात प्रदेशको सीमा एक इन्च पनि फेरबदल नहुने बताएका छन्। रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा उनले अघिल्लो सरकारले पेश गरेको संविधान संसोधन विद्येयक अगाडि बढाए धेरै समस्या समाधान हुने भन्दै सीमांकनमा फेरबदल गर्न नसकिने बताए।

थारूवान

थरुहट/थारुवान संयुक्त संघर्ष समितिको प्रादेशिक भेलाका सहभागीहरुले समितिको पुनर्गठन हुनुपर्ने माग गरेका छन्। दाङको लमहीमा आयोजित दस जिल्लाको भेलाका सहभागीहरुले संघर्ष समितिका संयोजक धनिराम चौधरीलगायत नेतृत्वकर्ताहरु असक्षम साबित भएको बताउँदै पुनर्गठनको माग गरेका हुन्। उनीहरुले १९ सदस्यीय आन्दोलन परिचालन समिति, ९ सदस्यीय केन्द्रीय सचिवालय र ११ सदस्यीय वार्ता टोली...

थारूवान