देश

प्रधानमन्त्री कोइरालाद्वारा पद तथा गोपनीयताको शपथ

काठमाडौं- राष्ट्रपति रामवरण यादवले नवनियुक्त प्रधानमन्त्री सुशील कोइरालालाई राष्ट्रपति भवन, शीतल निवासमा आज आयोजित विशेष समारोहमा पद तथा गोपनीयताको शपथ गराएका छन्। सो समारोहमा उपराष्ट्रपति परमानन्द झा, कायममुकायम प्रधानन्यायाधीश दामोदरप्रसाद शर्मा र सभाध्यक्ष सूर्यबहादुर थापा उपस्थित थिए।

थारूवान

काठमाडौं- प्रधानन्यायाधीश खिलराज रेग्मीले सो पदबाट राजीनामा दिएका छन्। आजैदेखि लागू हुने गरी उनले राष्ट्रपति डा रामवरण यादवसमक्ष राजीनामा दिएका छन्। मन्त्रिपरिषद्को अध्यक्षको हैसियतमा राष्ट्रिय विकास परिषद्को सभाकक्षबाट राष्ट्रका नाममा सम्बोधन गर्दै उनले सर्वोच्च अदालतको प्रधानन्यायाधीशको पदबाट राजीनामा दिई अलग हुने निष्कर्षमा पुगेको घोषणा गरेका हुन्।

थारूवान

काठमाडौं- नेपाली कांग्रेसका सभापति सुशील कोइराला गणतन्त्र नेपालको छैठौं प्रधानमन्त्रीका रूपमा निर्वाचित भएका छन्। व्यवस्थापिका–संसद्को आज बसेको बैठकले बहुमतद्वारा कोइरालालाई प्रधानमन्त्री पदमा निर्वाचित गरेको हो। कुल उपस्थित ५५३ सभासदमध्ये प्रधानमन्त्री कोइरालाले ४०५ जनाको मत प्राप्त गरेका थिए। उनको विपक्षमा १४८ मत परेको थियो।

थारूवान

श्याम गोंइजिहार– राज्यक प्रति जनतन्के आत्मीयता हुइना चाही। आत्मीयता टब उत्पन्न हुइठ, जब राज्य बिना भेदभाव सक्कु रुपसे स्विकारठ। राज्यक मुल कानुन सक्कु जनतनके धर्म, संस्कृति, भाषाहे समान रुपसे सम्मान करठ। राज्यक सब अंगमे समानुपातिक  प्रतिनिधित्व रहठ। राज्यक मुल कानुन सक्कु जनतन समान मानठ। मनो हमार देशके अदुरदर्शी शासकन्के...

थारूवान

काठमाडौं- नेकपा एमालेको संसदीय दलको नेता चयनमा सहमतिको सम्भावना क्षीण भएपछि यही माघ २१ गते दलको नेता चयनका लागि निर्वाचन हुने भएको छ। दलको नेता को बन्ने भन्ने विषयमा पार्टीका शीर्ष नेताबीच अनौपचारिक छलफल भए पनि बिहीबार बसेको स्थायी कमिटीको बैठकमा औपचारिकरूपमा त्यस विषयले प्रवेश नपाएकाले मङ्गलबार दलको नेता...

थारूवान

काठमाडौं- कर्तव्य ज्यान मुद्दामा पक्राउ पुर्जी जारी भएका सभासद् लालेन्द्रकुमार मण्डललाई उपयुक्त दिन झिकाउन सर्वोच्च अदालतले आदेश जारी गरेको छ। न्यायाधीश प्रकाश वस्तीको एकल इजलासले ‘जारी पक्राउ पुर्जी तथा अन्तरिम संविधानको धारा ७७(५) समेतको परिप्रेक्षमा दुबै पक्षको छलफल सुनी निष्कर्षमा पुग्न वाञ्छनीय हुँदा विपक्षीहरूलाई उपयुक्त दिन तोकी अन्तरिम आदेश...

थारूवान

काठमाडौं- एकीकृत नेकपा(माओवादी)ले आगामी वैशाखमा साङ्गठनिक राष्ट्रिय सम्मेलन गर्ने भएको छ। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा कोटेश्वरमा बसेको केन्द्रीय समितिको बैठकले साङ्गठनिक राष्ट्रिय सम्मेलनको मिति तय गरेको हो। यसअघि विशेष राष्ट्रिय महाधिवेशन गर्ने बताउँदै आए पनि साङ्गठनिक संरचना टुङ्ग्याउन विशेष राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरेको पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए। 

थारूवान

काठमाडौं- अघिल्लो संविधानसभामा भएका सहमतिलाई वर्तमान संविधानसभामा यथावत् राख्न प्रमुख तीन राजनीतिक दलका दुई दुई सदस्य रहेको कार्यदल गठन गरिएको छ। प्रमुख तीन राजनीतिक दलको आज साँझ बसेको बैठकले अघिल्लो संविधानसभामा भएका सहमतिलाई कायम राख्दै संविधानसभाको एक वर्षभित्र संविधान निर्माण गर्न सो कार्यदल गठन गरिएको हो।

थारूवान

काठमाडौं- एकीकृत नेकपा (माओवादी)ले संविधान निर्माणमा मात्रै केन्द्रित हुने भन्दै तत्काल सरकारमा सहभागी नहुने भएको छ। एमाओवादी अध्यक्ष पुष्पकमल दाहालको निवास लाजिम्पाटमा बसेको केन्द्रीय कार्यालयको बैठकले संविधानसभा निर्वाचनको क्रममा जनतासामु गरेको प्रतिबद्धताअनुसार संविधान निर्माणमा प्रतिबद्ध भएर लाग्ने निष्कर्ष निकाल्दै सरकार दोस्रो प्राथमिकतामा रहेको ठहर गरेको हो।

थारूवान

काठमाडौं- व्यस्थापिका–संसद्को आजको बैठकमा सरकारले विभिन्न छवटा अध्यादेश पेस गरेको छ। बैठकमा मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री हरिप्रसाद न्यौपानेले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश २०६९ पेस गरेका थिए।

थारूवान