देश
करेन्ट लागेर दाङमा माधु चौधरीको मृत्यु
दाङको बिजौरीमा माछा मार्ने क्रममा करेन्ट लागेर एकको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन । विजौरीको डुरुवा कुलामा करेन्ट लगाएर माछा मार्ने क्रममा विहीबार दिउँसो विजौरी–७ खोलीगाउँका ४१ वर्षीय माधु चौधरीको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।
थारूवानप्रत्येक वर्ष भाद्र कृष्ण अष्टमीका दिनमा मनाइने श्रीकृष्ण जन्माष्टमी पर्व आज भगवान् श्रीकृष्णको पूजा आराधना गरी मनाइँदैछ। ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगको अन्त्यतिर भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएको सम्झनामा आजको दिनमा श्रीकृष्ण जन्माष्टमी पर्व मनाउने गरिएको हो । दुर्जनको विनाश गरी सज्जनको रक्षाका लागि भगवान् विष्णुको आठौँ...
थारूवानकुनै बेला बालबालिकाको विद्यालय छोड्ने दर घटाउने महत्त्वपूर्ण माध्यम मानिएको थारू भाषाको पढाइ अहिले हराउँदै गएको छ । दाङका अधिकांश विद्यालयमा थारू भाषामा शिक्षण थालिएको थियो । तर अहिले क्रमश: छोड्दै गएका छन् । अंग्रेजी शिक्षाप्रतिको मोह, अभिभावकको अनिच्छा, जटिल पाठ्यक्रम र प्राविभन्दा माथि पुस्तक नहुने समस्याले मातृभाषाको पढाइ...
थारूवानआफ्ना दुई छोराछोरीलाई विष सेवन गराएर हत्या गरेकी कञ्चनपुरको बेलौरी नगरपालिका–१४ भुडाकी २४ वर्षीया बसन्ती चौधरीको उपचारका क्रममा मृत्यु भएको छ । श्रीमान् रामलाल चौधरीसँगको सामान्य घरायसी विवादका कारण ४ वर्षीय छोरा दीपेश र ७ वर्षीया छोरी जस्मीनलाई उखुबारीमा लगेर हत्या गरेकी बसन्तीले आफूले पनि विष सेवन गरेकी थिइन् ।
थारूवान
रेशम रन्जितालाई खुला पत्र