राजनीति
लेखीको कार्यक्रम दाङका सभासद्ले बहिष्कार गरे
थारु कल्याणकारिणी सभाको क्षेत्रीय समिति देउखुरीको अधिवेशन थारु सभासद्हरुले बहिस्कार गरेका छन्। कार्यक्रमको प्रमुख अतिथिमा सभाका पूर्वमहामन्त्री एवं सचिवालय सदस्य राजकुमार लेखीलाई निम्त्याएपछि सभासद्हरुले देउखुरी समितिको १५औं अधिवेशन बहिस्कार गरेका हुन्। कार्यक्रमका लागि दाङका थारु सभासद्लाई निम्त्याइएको थियो।
थारूवानथारु नेता राजकुमार लेखीले थारु मधेसीले छुट्टै देश नमागेको स्पष्ट पारेका छन्। थारु मधेसीहरुले स्वायत्त थरुहट र मधेस प्रदेश मगेको उनले बताए। बाराको जितपुरमा आयोजित कार्यक्रमको सम्बोधन गर्दै लेखीले भने, ‘थारु मधेसीले कुनै देश मागेको होइन, उनीहरुले स्वायत्त थरुहट र मधेस प्रदेश मागेको हो ।’ उनले पहाड जनता पाँच...
थारूवानव्यवस्थापिका संसदको सोमबारको पनि संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा आबद्धसहितका ८ दलको अवरोधले स्थगित भएको छ । मोर्चाको अवरोधले संसद् बैठक मंसिर ६ गतेसम्मका लागि स्थगित भएको छ । बैठक सुरु भएलगत्तै थरुहट तराई पार्टीका सांसद गोपाल दहितले नयाँ संविधानले तराई मधेस र थारुको माग सम्बोधन गर्न नसकेको बताए ।
थारूवानप्रधानमन्त्री केपी शर्मा ओलीले बिनाविभागीयमन्त्री तथा राज्यमन्त्रीको कार्यविभाजन गरेका छन्। मन्त्रिपरिषद्को विस्तारसँगै गरिएको नयाँ कार्यविभाजनअनुसार स्वास्थ्य तथा जनसङ्ख्यामन्त्रीमा रामजनम चौधरी, युवा तथा खेलकुदमन्त्रीमा सत्यनारायण मण्डल र विज्ञान तथा वातावरणमन्त्रीमा विश्वेन्द्र पासवान रहेका छन्। यस्तै रामकुमार सुब्बालाई भूमिसुधार तथा व्यवस्था मन्त्रालयको जिम्मा दिइएको छ।
थारूवाननवलपरासीमा भएको थारु कल्याणकारिणी सभाको दुई दिने राष्ट्रिय भेलाले १७ बुँदे घोषणा पत्र जारी गरेको छ। विगत ८४ दिनदेखि जारी थारु आन्दोलन उपलब्धिमूलक र शान्तिपूर्ण रहेको बताउँदै सभाले आन्दोलनलाई थप सशक्त बनाउने बताएको छ। अबको आन्दोलन सीमा र राजमार्ग केन्द्रीत सभाले अबको आन्दोलन सीमा र राजमार्गकेन्द्रीत गर्ने बताएको छ।...
थारूवान
रेशम रन्जितालाई खुला पत्र