सँस्कृति
संस्कृति जोगाउन उदयपुरको ज्यामिरेमा हुक्केहुक्का महोत्सव
थारू समुदायको परम्परागत संस्कृति संरक्षण गर्ने उद्देश्यले उदयपुरको ज्यामिरेमा प्रथम उदयपुर हुकेहुका महोत्सव-२०८० तथा बृहत सांस्कृतिक कार्यक्रम मनाइएको छ । नेपाल थारू संघ (समाजवादी) को आयोजनामा चौदण्डीगढी नगरपालिका वडा नं. ९ स्थित पश्चिमटोल, ज्यामिरेमा महोत्सव मनाइएको हो । महोत्सवमा हुक्केहुक्का प्रतियोगीतासमेत गराइएको छ, जसमा ७ वटा टिम सहभागी भएका...
थारूवानबडादसैँमा मात्र नाचिने थारूको सखिया र झुम्रा नाच सुरु भएको छ । सखिया र झुम्राको तालमा घन्किने मादलसँगै बज्ने मञ्जिरा (सखिया नाचमा बजाइने बाजा)को आवाजले थारू गाउँमा अहिले बेग्लै रौनक छाएको छ । थारूहरुको घरआँगनमा अहिले मादल र मञ्जिराको झानकारमा महिलाले सखिया नाच्दै रमाइरहेको दृश्यले गाउँमा बेग्लै रौनक देखिएको...
थारूवानदेशकै चौथो ठूलो जनसंख्या भएको थारू समुदायले अधिकारका निम्ति अहिले पनि कुनै न कुनैरूपले राज्यविरुद्ध आन्दोलन गरिरहेका छन्। राज्यबाट अधिकारविहीन भइरहेकै बेला थारूको आस्थामाथि प्रहार गर्ने काम भएको छ। दाङ देउखुरीको गढवा गाउँपालिका-३ स्थित सिद्ध बाबा जंगलकुटीको अस्तित्व मेटाउने प्रयास भएको छ। वर्षौंदेखि सिद्ध बाबा जंगलकुटीको नामले चिनिने धरोहरको...
थारूवाननवलपरासी (बर्दघाट सुस्तापूर्व)का थारू समुदाय परम्परागत भोदी खेल संरक्षणमा जुटेका छन्। यसका लागि जिल्लामा प्रतियोगिता समेत सञ्चालन गरिएको छ। श्रीथान कुमारवर्ती गुठीका उपाध्यक्ष पतिराम थनेतले अनत पर्वका अवसरमा थारू समुदायले खेल्ने भोदी खेल संरक्षणका लागि थारू युवा समूहबीच प्रतियोगिता सञ्चालन गरिएको बताए। ‘भोदी खेलमा एक समूहमा दश जना हुने...
थारूवानराजधानीबासी थारूहरूले अस्टिम्की पर्व मनाएका छन्। अग्रासन थारु महिला समूहले आयोजना गरेको अस्टिम्की पर्व बुधबार मनाइएको हो। बिजुलीबजारस्थित क्रिस्टल पार्टी प्यालेसमा थारू महिलाहरू थारू पहिरनमा सजिएर यो पर्व मनाएका हुन्। अस्टिम्की पर्वमा बरघर्या वा महटाँवाको घरको भित्ता वा डेहरीमा कृष्ण चरित्रसम्वन्धी विभिन्न वृतान्तलाई चित्रको रुपमा कोरेर चित्रको पूजा अर्चना...
थारूवानथारू कल्याणकारिणी सभा युएईले माघी महोत्सव मनाएको छ। आइतबार क्लब एभरेस्ट बरदुबईमा कार्यक्रम आयोजना भएको हो। कार्यक्रममा नेपाली दूतावासका द्वितीय सचिव तिलबहादुर सुनार प्रमुख अतिथि रहेका थिए। उनले थारू समुदायको माघी महोत्सवले प्रवासमा पनि नेपाली पहिचानलाई प्रवर्द्धन गरेको बताए। उनले यस्ता कार्यक्रमले नेपाली संस्कृतिलाई विदेशमा चिनाउन मद्धत गर्ने बताए।
थारुवान संबाददातामाघी पर्वको महान अवसरमा वीरेन्द्रनगर ९ तिलपुरमा लखागिन थारु उत्थान मञ्च, सुर्खेतको मूल आयोजना र राष्ट्रिय थारु कलाकार मञ्च, अर्गानिक सामुदायिक होमस्टे तिलपुरको सहआयोजनामा पौष र ३० गते दुई दिनसम्म माघीको महत्वबारे प्रशिक्षण, मघौटा नाच प्रतियोगिता एवम् ढुमरु गीतको सांगितिक रात्री सांस्कृृतिक नाचगान गरी माघ महोत्व कार्यक्रम सम्पन्न गरेको...
थारुवान संबाददाता
रेशम रन्जितालाई खुला पत्र