सलिमा

अरुण आर्यन चौधरीले गायक आरके थारूलाई गराए डेब्यु (भिडियोसहित)

गायक आरके थारूले मोडलिङमा डेब्यु गरेका छन्। उनले आफ्नै गीत ‘का येहे हो माया’बोलको गीतमा डेब्यु गरेका हुन्। अष्ट्रेलिया निवासी अरुण आर्यन चौधरीले गायक थारूलाई डेब्यु गराएका हुन्।

थारुवान संबाददाता

चर्चित गायक सञ्जय चौधरीको नयाँ थारु गीत ‘घरपाला मोद’ सार्वजनिक भएको छ। शुक्रबार सेविल इन्टरटेनमेन्टको युट्युब च्यानलमार्फत् गीत सार्वजनिक गरिएको हो। दुई साथीबीच लामो समयपछि भेटघाट गर्ने क्रममा गरिने रमाइलो खानपानलाई गीतमा उठान गरिएको छ।

थारुवान संबाददाता

आन्तरिक पर्यटकीय क्षेत्रको रुपमा रहेको दाङको देउखुरीस्थित नेपालकै दोस्रो ठूलो पुल परिसरमा थारू साँस्कृतिक कार्यक्रम हुने भएको छ। राष्ट्रिय थारू कलाकार मञ्च, केन्द्रीय कार्यालयको आयोजनामा असोज १५ गते कार्यक्रम आयोजना गरिएको छ।

थारुवान संबाददाता

चक्र बम र अञ्जु कुश्मी अभिनित नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ। सेबिल इन्टरटेन्मेन्टले प्यारके हेल्काम बोलको म्युजिक भिडियो सार्वजनिक गरेको हो। अन्नु चौधरी र राम चौधरी आरोहाको स्वर रहेको गीतको भिडियोलाई विक्रम चौहानले निर्देशन गरेको छ।

थारुवान संबाददाता

अभनेत्री रेखा थापाले जितिया पर्व मनाएकी छन्। राप्रपाकी नेतृसमेत रहेकी थापाले आफ्नो निर्वाचन क्षेत्र मोरङ ३ का थारु महिलाहरुसँग जितिया मनाएकी हुन्। थाप उक्त क्षेत्रमा राप्रपाबाट प्रतिनिधिसभाका लागि उम्मेदवारी दिने तयारीमा छिन्।

थारुवान संबाददाता

चौथो संस्करणको मिस्टर एण्ड मिस थारूको उपाधि बर्दियाका लालबहादुर रत्गैँया र अस्मिता चौधरीले जितेका छन्। शनिबार साँझ काठमाडौँमा भएको ग्राण्ड फिनालेमा १६ जना प्रतिस्पर्धीलाई पछि पार्दै बर्दियाकी अस्मिता चौधरीले मिस थारुको उपाधि जितेकी हुन्। उनले उपाधिसँगै नगद ५० हजार, क्राउन र अन्य विभिन्न उपहार प्राप्त गरिन्।

थारुवान संबाददाता

चार वर्ष अगाडिसम्म तराईको मध्य क्षेत्रमा रहेका थारुहरुबीच परिचित नाम हो- केशवराज महतो। गीत, संगीत, गायक र मोडलको छबि बनाएका उनी एकाएक विदेशिए। त्यसपछि उनी गुमनाम बसे।

थारुवान संबाददाता

थारु मोडलिङ क्षेत्रमा चर्चित नाम हो नरेश चौधरी। उनी अभिनित ‘मन लागेन’ म्युजिक भिडियोले इतिहास रच्दै करोड भ्युज पुग्ने पहिलो थारु गीत बनेको थियो। त्यतिमात्र होइन, उनी अभिनित ‘सजन मोर’ पनि छोटो समयमै करोड क्बलमा प्रवेश गर्न सफल भयो।

थारुवान संबाददाता

चौथो संस्करणको मिस्टर एण्ड मिस थारु २०२२ को अडिसनको तयारी पूरा भएको छ। आयोजक जहइन्टरटेनमेन्टले पत्रकार सम्मेलन गरी अडिसनको तयारी पूरा भएको जानकारी दिएको हो। जह इन्टरटेनमेन्टका प्रमुख कार्यकारी अधिकृत सुरेश कुमार चौधरीले यही साउन २१ गतेदेखि सुरु हुने अडिसनको तयारी पूरा भएको बताए।

थारुवान संबाददाता

अन्नु चौधरी र नरेश जोगीले गाएको थारु गीत ‘दिन गिन गिन’ करोड क्लबमा प्रवेश गरेको छ। योसँगै ‘मन लागेन’पछि करोड क्लबमा पुग्ने दोस्रो थारु गीत बनेको छ। यसअघि अन्नु चौधरी र आरके थारुको गीतले इतिहास रच्दै करोड क्लबमा पुग्न सफल भएको थियो।

थारुवान संबाददाता