प्रवासमा थारू

टेक्सास थारु समाजद्वारा कार्यसमिति विस्तार, दुई उपाध्यक्षसहित सदस्यहरू मनोनीत

टेक्सास थारु समाजले थप दुई उपाध्यक्षसहित कार्यकारिणी सदस्य बिस्तार गरेको छ। ह्यास्टेलमा भएको एक भेलाले उपाध्यक्षद्व्य गोपि महतो, योग चौधरी, सचीवमा दीपक दिप चौधरी त्यसैगरी कार्यकारिणी सदस्यमा शान्ती चौधरी, इन्द्रेणी चौधरी, बिक्रम चौधरी, सन्दीप चौधरी, जीवन चौधरी र सबिन चौधरी मनोनीत गरेको हो।

थारूवान

युएई बस्ने थारुहरूले माघी कार्यक्रम मनाएका छन्। थारू कल्याणकारिणी सभा युएईको आयोजनामा माघी कार्यक्रम मनाइएको हो। कार्यक्रममा सोनु कुश्मी र प्रकाश माझीले सांगीतिक प्रस्तुती दिएका थिए। कार्यक्रमको उद्घाटन आदिवासी जनजाति महासंघ युएईका अध्यक्ष विक्रम लिम्बुले गरेका थिए। कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

थारूवान

तक्दीर अधिकारी/सिड्नी थारु समाज सिड्नीले भव्य रुपमा माघी पर्व मनाएको छ । १५ जनवरी अर्थात् सोमबार इन्द्रेणी फंक्सन सेन्टरमा विशेष कार्यक्रमको आयोजना गरी माघी भव्यरुपमा मनाइएको हो । विगतका वर्षहरुमा खुल्ला पार्कमा आयोजना गरिँदै आएको कार्यक्रम यसवर्ष भने मौसमका कारण ईन्द्रेणी फंक्सन सेन्टरमा गरिएको हो । यसमा छुट्टै अनुभव...

थारूवान

अमेरिकाको टेक्सासमा भब्यरूपमा माघी कार्यक्रम मनाइएको छ। टेक्सास थारु समाजको आयोजनामा माघी कार्यक्रमसँगै समाजको दोस्रो साधारणसभासमेत सम्पन्न गरिएको छ। संस्थाका कार्यबाहक अध्यक्ष शशीकपुर चौधरीको अध्यक्षता तथा थारु विज्ञ प्रेमनारायण चौधरीको प्रमुख आथित्यमा भएको कार्यक्रममा दीपक दीप, करिस्मा चौधरी, दिनेश चौधरी र दिब्या अनुपमा चौधरी र महेश चौधरीले सांस्कृतिक नृत्य...

थारूवान

अष्ट्रेलियामा बसोबास गर्ने थारूहरूले माघी महोत्सव आयोजना गर्ने भएको छ। थारू समाज सिड्नी अष्ट्रेलियाले जनवरी १५ (माघ १) गते माघी महोत्सव गर्ने भएको हो। यसअघि तीनपटक माघी आयोजना गरिसकेको थारू समाज सिड्नी अष्ट्रेलियाले चौथोपटक माघी महोत्सव आयोजना गर्न लागिएको संस्थाका पब्लिक अफिसर अरुण आर्यन चौधरीले जानकारी दिए। उनका अनुसार...

थारूवान

थारु कल्याणकारिणी सभा युएईले शनिबार दुबईमा जितिया पर्व मनाएको छ। दुबईको अलकुद्रा पार्कमा जितिया पर्व मनाइएको कार्यक्रम संयोजक रामानन्द चौधरीले जानकारी दिए। ‘थारु, कला, संस्कृति हाम्रो पहिचान, उसलाई संरक्षण र प्रवर्द्धन गर्ने हाम्रो अभियान, नारासहित थाकस युएईले जितिया मनाएको हो दुबईमा रहेका थारु समुदायबीच एकता र थारु चाडपर्वलाई अन्तर्राष्ट्रिय...

थारूवान

थारु कल्याणकारिणी सभा कतार च्याप्टरको आयोजनामा शुक्रबार दोहामा जितिया पर्व मनाइएको छ। दोहाको प्लाजा ग्राण्डमलस्थित वेलफ्यर रेस्टुरेन्टमा जितिया पर्व मनाइएको हो। जातीय पहिचानको संरक्षण, प्रवर्द्धन र शैक्षिक, आर्थिक र सामाजिक उत्थानको नारासहित थाकस कतार च्याप्टररले जितिया मनाएको हो। कतारमा रहेका थारु समुदायबीच एकता र थारु चाडपर्वलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन...

थारूवान

थारु कल्याणकारिणी सभा युएईले शनिबार दुबईमा जितिया कार्यक्रम आयोजना गर्ने भएको छ। थाकस युएईका अध्यक्ष भागरथी कुमार भगतले दुबईको अलकुद्रा पार्कमा जितिया कार्यक्रम आयोजना हुने बताए। कार्यक्रम राति १० बजे सुरु हुने आयोजकले बताएको छ।

थारूवान

थारु कल्याणकारिणी सभा कतार च्याप्टरले भोलि शुक्रबार दोहामा जितिया कार्यक्रम आयोजना गर्ने भएको छ। च्याप्टरका अध्यक्ष श्यामलाल चौधरीले दोहाको प्लाजा ग्राण्डमलस्थित वेलफ्यर रेस्टुरेन्टमा जितिया कार्यक्रम आयोजना हुने बताए। कार्यक्रम विहान ११ बजे सुरु हुने आयोजकले बताएको छ।

थारूवान

बाँकेका थारु महिलाले उत्पादन गरेका हस्तकलाका सामग्री विदेश निर्यात हुने गरेका छन्। नेपालगञ्जमा सङ्गठितरुपमा उत्पादन हुने थारु महिलाका हस्तकलाका सामग्री डेनमार्क, अमेरिका, जापान, थाइल्यान्डलगायतका मुलुकमा निर्यात गर्दै आएको नेपालगञ्जस्थित पञ्चशील हस्तकला केन्द्रका अध्यक्ष निरु चौधरीले जानकारी दिइन्।

थारूवान