देश

भारत सरकारको सहयोगमा निर्मित दैलेखमा चार सामुदायिक विकास परियोजनाको उद्घाटन

दैलेखमा भारत सरकारको सहयोग निर्मित चार वटा सामुदायिक विकास परियोजनाको उद्घाटन भएको छ। भारतीय राजदूतावासको विकास साझेदारी प्रभागका द्वितीय सचिव प्रशान्त कुमार सोना र जिल्ला समन्वय समिति दैलेखका प्रमुख नमराज शाहीले संयुक्तरूपमा उद्घाटन गरेका हुन्। नेपाल-भारत विकास सहकार्यअन्तर्गत भारत सरकारको १० करोड ८६ लाख आर्थिक सहयोगमा दैलेखमा निर्माण गरिएका...

थारूवान

अभिनेत्री, मोडल तथा नागरिक उन्मुक्ति पार्टीकी नेतृ एलिजा गौतमले सक्रिय राजनीति त्यागेको घोषणा गरेकी छन्। देश र जनताको सेवा गर्ने भन्दै पाँच महिनाअघि राजनीतिमा जोडिएकी उनले बिहीबार फेसबुकमा स्टाटस लेख्दै सक्रिय राजनीतिबाट विश्राम लिएको घोषणा गरेकी हुन्। यद्यपि उनले नागरिक उन्मुक्ति पार्टीबाट राजीनामा दिएको हो वा होइनबारे केही खुलाएकी...

थारुवान संबाददाता

सत्तारुढ दल नेकपा माओवादी केन्द्रका नेताहरू भारत भ्रमणमा जाने भएका छन्। भारतीय जनता पार्टी (भाजपा)को निमन्त्रणामा माओवादीका शीर्ष नेताहरू भारत भ्रमणमा जाने भएका हुन्।

थारूवान

माध्यामिक शिक्षा परीक्षा (एसईई) नतिजा सार्वजनिक भएको छ। राष्ट्रिय परीक्षा बोर्डले बिहीबार २०७९ सालमा लिइएको एसईई परीक्षाको नतिजा सार्वजनिक गरेको हो। परीक्षामा २२ हजार ४७५ जना विद्यार्थीले ३.६० देखि ४.० जीपीए ल्याएको बोर्डका अध्यक्ष डा.महाश्रम शर्माले जानकारी दिए। ०.८ देखि १.२ सम्म जीपीए ल्याउने २ हजार दुई सय विद्यार्थी...

थारुवान संबाददाता

लुम्बिनी प्रदेश सरकारले प्रदेशसभामा प्रस्तुत गरेको बजेटका विषयमा असहमत प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) र सरकारबीच सहमति भएको छ । बजेटउपर असहमति जनाएर लगातार सदन अवरुद्ध गर्दै आएको प्रमुख प्रतिपक्षी दल एमालेले प्रदेशसभाको मंगलबार बसेको दोस्रो बैठकमा पनि विरोध जनाएको थियो । बहिष्कारपछि गए राति दुवै पक्षबीच वार्ता भएको...

थारूवान

अरु पार्टीको चुनाव चिन्हबाट चुनाव लड्न नपाउने भएको छ। निर्वाचन आयोगले अरु पार्टीको चुनाव चिन्हबाट उम्मेदवार बन्नुअघि आबद्ध रहेको पार्टीबाट राजीनामा दिनुपर्ने व्यवस्था प्रस्ताव गरेको छ। आयोगको सोमबार बसेको बैठकले त्यस्तो व्यवस्था गरेको प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए। आयोगले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘कुनै एक राजनीतिक दलको...

थारूवान

कुनै पनि तहको निर्वाचनमा पराजित उम्मेदवार अर्को तहको निर्वाचनमा उम्मेदवार बन्न नपाइने भएको छ। निर्वाचन आयोगको सोमबार बसेको बैठकले त्यस्ता पराजित उम्मेदवार पदको कार्यकाल पूरा नभएसम्म उम्मेदवार बन्न नपाइने व्यवस्था प्रस्ताव गरेको हो। उक्त व्यवस्था लागू भएपछि स्थानीय तह निर्वाचनमा पराजित उम्मेदवार प्रदेश र संघीय निर्वाचनमा उम्मेदवार बन्न पाउने...

थारूवान

तेस्रोपटक समानुपातिक सांसद बन्न नपाइने भएको छ। निर्वाचन आयोगको सोमबार बसेको बैठकले दुई पटक समानुपातिक सांसद बनिसकेकालाई तेस्रोपटक बन्न नपाइने प्रावधान प्रस्ताव गरेको हो। यो व्यवस्था लागू भएपछि प्रतिनिधिसभा एवं प्रदेशसभामा तेस्रोपटक समानुपातिक सांसद बन्न पाइने छैन।

थारूवान

कोशी प्रदेशको पुनः नामकरणको मागसहित आन्दोलित बनेका पहिचानवादीहरूले झापाका सरकारी कार्यालयहरूको बोर्डमा लेखिएको कोशी प्रदेश नाम मेटाउँदै हिँडेका छन्।

थारूवान

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकताका लागि पूर्वमाओवादी शक्तिहरूबीच छलफल भइरहेको बताएका छन्। शनिबार बिहान पोखरामा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं प्रदेश पदाधिकारीहरूसँगको छलफलमा प्रचण्डले पार्टी एकताको आधार निर्माण हुँदै गएको बताएका हुन्।

थारूवान
1 35 36 37 38 39 65