समाचार

राष्ट्रपति भण्डारीबाट भारतीय सेनाध्यक्ष पाण्डेलाई महारथीको दर्ज्यानी चिह्न प्रदान

नेपाली सेनाका परमाधिपति राष्ट्रपति विद्यादेवी भण्डारीले भारतीय स्थल सेनाध्याक्ष जनरल मनोज पाण्डेलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान गरेकी छन्।

थारुवान संबाददाता

थारु आयोगकी सदस्य, अधिवक्ता एवं थारू विद्यार्थी समाजका पूर्वसदस्य मा. शान्दी मोदीले थारु विद्यार्थीका लागि ५० हजार रुपैयाँको छात्रवृत्ति घोषणा गरेकी छन्।

थारुवान संबाददाता

काठमाडौं : रेशम चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टीले समानुपातिकतर्फको उम्मेदवार बन्न इच्छुकहरुलाई भदौ २४ गतेभित्र नाम दर्ता गराउन आह्वान गरेको छ। उक्त पार्टीले मतहतका निकायहरुलाई परिपत्र जारी गर्दै समानुपातिक उम्मेदवार माग गरेको हो।

थारुवान संबाददाता

सुनसरीको कोसी गाउँपालिका-१ मा आज दुर्घटनामा परी दुई प्रहरीको मृत्यु भएको छ। मृत्यु हुनेमा सप्तरी सप्तकोसी नगरपालिका-३ का प्रहरी हवल्दार दुर्गानन्द चौधरी र सशस्त्र प्रहरी सहायक हवल्दार प्रकाश गोजेवार रहेका छन्।

थारुवान संबाददाता

भारतको उत्तर प्रदेश बाराबङ्कीमा आज बिहान भएको सडक दुर्घटनामा चार नेपालीको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन्। नेपालगञ्ज सीमावर्ती बजार रुपैडियाबाट गोवा जान लागेको युपि३२पिटी ३९४४ नंको यात्रुबाहक बसलाई तीव्रगति आएको ट्रकले ठक्कर दिँदा सो घटना भएको हो।

थारुवान संबाददाता

कमलराज भट्ट ०७४ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा)बाट रेशमलाल चौधरी ३४ हजार ३४१ मतसहित निर्वाचित भए । उनको फराकिलो जितमा केही ठूला दलकै उम्मेदवारको जमानत जफत भयो ।

कमलराज भट्ट

नेकपा एमाले मोरङका नेता बलभद्र सरदार थारू माओवादी केन्द्रमा प्रवेश गरेका छन्। थारूसहित मोरङ एमालेका विभिन्न पदमा सक्रिय नेता कार्यकर्तालाई शनिबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पार्टी प्रवेश गराएका हुन्।

थारुवान संबाददाता

कैलाली क्षेत्र नं. १ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ नेपाली कांग्रेसबाट पूर्वमन्त्री रामजनम चौधरीसहित चार जनाको नाम सिफारिस भएको छ। कांग्रेस क्षेत्र नम्बर १ को क्षेत्रीय कार्य समितिले प्रतिनिधि सभा प्रत्यक्षतर्फ ४ जनाको नाम जिल्ला कार्य समितिलाई सिफारिस गरेको क्षेत्रीय सभापति प्रकाश शाहले बताए।

थारुवान संबाददाता

रूपन्देही तिलोत्तमा नगरपालिका र ओमसतिया गाउँपालिकाले भदौ १९ गते आइतबार सार्वजनिक बिदा दिने भएका छन् । थारु समुदायको बड्की आइतबारका अवसरमा तिलोत्तमाभित्र सार्वजनिक बिदा दिइएको प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले विज्ञप्ति जारी गर्दै जानकारी दिएका छन् ।

थारुवान संबाददाता

जितेन्द्र ठाकुर प्रदेश १ सभाको ५ वर्षे कार्यकालको अन्तिम बैठक चलिरहँदा बाहिर प्रदर्शन भएको छ। प्रदेशसभाको चालु बजेट अधिवेशनको अन्तिम बैठक बसेपछि थरुहट कोचिला प्रदेशको नमाकरण गनुपर्ने भन्दै प्रदेशसभा बाहिर प्रदर्शन भएको हो।

जितेन्द्र ठाकुर