समाचार

थारु कलस्टर नछुट्याएको भन्दै खरिदार पदको विज्ञापनविरुद्ध सर्वोच्चमा रिट दायर

थारु कल्याणकारिणी सभा (थाकस)ले लोक सेवा आयोगले खुलाएको खरिदार पदको विज्ञापनविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेको छ। थाकसको तर्फबाट अधिवक्ता श्रवण कुमार चौधरी र थाकसका महामन्त्री प्रेमीलाल प्रसाद चौधरीले आइतबार रिट दायर गरेका हुन्।

थारुवान संबाददाता

जयनगर-कुर्था रेल्वे खण्डमा आज विहानदेखि यात्रुसहितको रेल सेवा सुरु हुँदै छ। प्रधानमन्त्री शेरबहादुर देउवा र उनका भारतीय समकक्षी नरेन्द्र मोदीले शनिबार संयुक्तरूपमा भर्चुअल माध्यमबाट रेल सेवाको शुभारम्भ गरेका थिए।

थारुवान संबाददाता

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको शान्ति, प्रगति र विकासको यात्रामा एक दृढ साथी भएको बताएका छन्। शनिबार हैदरावाद हाउसमा द्वीपक्षीय वार्तापछि संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले दुई देशका प्रधानमन्त्रीको आजको भेटले महत्वाकांक्षी लक्ष्य हासिल गर्न मद्दत मिल्ने दाबी गरे।

थारुवान संबाददाता

लामो समयदेखि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर)समेत तयार हुन नसकेको पञ्चेश्वर बहुउद्देश्यीय जलविद्युत् आयोजनालाई तीव्ररूपमा अगाडि बढाउन नेपाल र भारत सहमत भएका छन्।

थारुवान संबाददाता

पछिल्लो समय थारु गीतसंगीतले नयाँ उचाई छुँदै गइरहेको छ। अहिले थारु समुदायले मात्र नभई अन्य समुदायका लागि पनि थारु गीतले आकर्षित गरिरहेको छ। थारु गीत संगीतलाई मन पराउने दर्शकको संख्या बढ्दै गएपछि पहिलोपटक थारु गीत ‘मन लागेना अब बिन तुहार’ करोड क्लबमा प्रवेश गरेको छ।

थारुवान संबाददाता

भारत भ्रमणमा रहनुभएका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदीसँग हैदरावाद हाउसमा आज भेटवार्ता हुने भएको छ। भारतीय प्रधानमन्त्री मोदीको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री देउवा तीनदिने औपचारिक भ्रमणको सिलसिलामा शुक्रबार नयाँदिल्ली आइपुगेका हुन्

थारुवान संबाददाता

नेकपा माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराका स्वकीय सचिव प्रमोद शर्मा पत्नी सीता चौधरीसहित नेकपा एमालेमा प्रवेश गरेका छन्। केही दिनअघि माओवादी केन्द्र छाडेका उनलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले जारी केन्द्रीय कमिटी बैठकस्थलमा स्वागत गरे।

थारुवान संबाददाता

बलात्कार आरोपमा पक्राउ परेका नायक पल शाहलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको छ। तनहुँ जिल्ला अदालतका न्यायाधीश हरिषचन्द्र ढुंगानाको एकल इजलासले थुनछेक बहसपछि विहीबार शाहलाई मुद्दा पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो।

थारुवान संबाददाता

आदिवासी जनजाति महासंघको दसौं महाधिवेशन नवलपुरको कावासोतीमा जारी छ। बिहीबार बिहानैबाट बन्दसत्र सुरु भए पनि नयाँ नेतृत्व चयनका लागि प्रक्रिया सुरु हुन सकेको छैन। दसौं महाधिवेशनबाट नयाँ नेतृत्वका लागि दलीयरुपमा भीडन्त भइरहेको बताइएको छ।

थारुवान संबाददाता

कुनै बेला तराईमा पूरै गाउँको खानेपानीको एउटै स्रोत कुवा हुन्थ्यो। पालो पुर्‍याएर सबैले घरका लागि खानेपानी लग्ने गर्दथे। विशेषगरी बिहान र साँझका बेला कुवाबाट पानी झिक्दै नुहाउने र पानी भर्नेको लर्को लाग्ने गर्थ्यो। विगत सम्झदै शुक्लाफाँटा नगरपालिका-३ जोनापुरका मानबहादुर चौधरीले भने, ‘कुवा एका देशको कथाजस्तै भएको छ, गाउँमा रहेका...

थारुवान संबाददाता