समाचार

बाघको आक्रमणबाट लिली चौधरीको मृत्यु

बर्दियामा बाघको आक्रमणबाट फेरि एक महिलाको ज्यान गएको छ। बर्दियाको ठाकुरबाबा नगरपालिका वडा नम्बर ४ सैनवारकी ४१ वर्षीया लिली चौधरीको बाघको आक्रमण बाट मृत्यु भएको हो। बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठका अनुसार बाहिर निस्केको समयमा मंगलबार बेलुकी सवा ८ बजेतिर बाघले लिलीलाई झम्टिएर गम्भीर घाइते भएकी...

थारुवान संबाददाता

अष्ट्रेलियामा आयोजना हुने आइसीसी टी-२० विश्वकप क्रिकेटमा नेपाल छनोट हुन असफल भएको छ। विश्वकप छनोटअन्तर्गतको ग्लोबल छनोट ए को सेमिफाइनलमा युएईसँग मंगलबार ६८ रनले पराजित भएपछि नेपाल विश्वकपमा पुग्न असफल भएको हो।

थारुवान संबाददाता

नेपालस्थित भारतीय राजदूतावासले एक कार्यक्रमको आयोजना गरी भारतको ७४औं सेना दिवस मनाएको छ। मंगलबार राजदूतावसको रक्षा प्रभागले एक समारोहका बीच सेना दिवस मनाएको हो।

थारुवान संबाददाता

कपिलवस्तुको बाणगंगा नगरपालिका-११ ओदारीमा सोमबार बेलुकी मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय ४० वर्षीय पटहरी थारु रहेका छन्। लु४प ४३४६ नम्बरको मोटरसाइकलको ठक्करबाट

थारुवान संबाददाता

टेलिफोन कल बाइपास गरेको तथा अनलाइन जुवाको धन्धा चलाएको आरोपमा चिनियाँ नागरिकसहित ३७ जना नयाँ बानेश्वरबाट पक्राउ परेका छन्। सोमबार राति नयाँ बानेश्वरबाट उनीहरू पक्राउ परेको प्रहरीले जनाएको छ।

थारुवान संबाददाता

क्यानडालाई ८ विकेटले पराजित गरेपछि नेपाल समूह बी बाट विजेता बन्दै आईसीसी टी-२० विश्वकप ग्लोवल क्वालिफायरको सेमिफाइनल प्रवेश गरेको छ। अब फाइनल प्रवेशका लागि नेपालले युएईसँग खेल्ने भएको छ। युएई समूह ए बाट उपविजेताका रुपमा सेमिफाइनलमा पुगेको हो।

थारुवान संबाददाता

थारु सँस्कृतिविद् अशोक थारु एक हजार अमेरिकी डलर राशि रहेको पुरस्कारबाट सम्मानित भएका छन्। डा. गोविन्द आचार्य र अशोक थारुद्वारा लिखित ‘घोराहीको थारु प्रदर्शनकारी कला’ नामक खोजकृतिका लागि अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) बोर्ड अफ ट्रस्टिज (बिओटी)ले उक्त पुरस्कार रकम प्रदान गरेको हो।

थारुवान संबाददाता

अन्तर्राष्ट्रिय मातृभाषा दिवस आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ। संयुक्त राष्ट्रसङ्घ महासभाले सन् १९९९ मा घोषणा गरी सन् २००० देखि फेब्रुअरी २१ तारिखका दिन अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाउन सुरु गरिएको हो।

थारुवान संबाददाता

नेकपा एकीकृत समाजवादीका नेता मेटमणि चौधरीले आफ्नो पार्टी एमसीसीको पक्षमा मतदान गर्ने बताएका छन्। उनले एसीसी प्रस्ताव टेबल भयो भन्दै पास हुने कुरा पनि नभएको स्पष्ट पारे। उनले एमसीसी फेल गराउन अन्तिम समयसम्म प्रयास गर्ने बताए।

थारुवान संबाददाता

प्रहरी प्रधान कार्यालयले १८ जना प्रहरी उपरीक्षक (एसपी)को सरुवा गरेको छ। प्रहरी उपरीक्षकको सरुवा हुँदा केही जिल्ला प्रहरी प्रमुखसमेत फेरिएका छन्। गृहमन्त्री बालकृष्ण खाणको गृहजिल्ला रुपन्देहीसहितका जिल्लाका प्रहरी प्रमुख फेरिएका छन्।

थारुवान संबाददाता