समाचार

सिकलसेलका बिरामीलाई छुट्टै वार्ड, बिरामीलाई भेटेर स्वास्थ्य मन्त्रीले के भने?

नेपाल सरकारका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले सिकलसेल एनिमियाका सबै बिरामीलाई निशुल्क औषधी र स्तरीय उपचारको व्यवस्था सरकारले गर्ने बताएका छन्।

थारूवान

तराई-मधेश आधारित राजनीति गर्ने दलहरूबीच विभिन्न राजनीतिक बुँदामा सहकार्यका लागि ‘लुज फोरम’ गठन हुने भएको छ । हृदयेश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टी, नेपालले त्यसका लागि वार्ता टोली नै गठन गरिसकेको छ ।

थारूवान

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं प्रतिनिधिसभा सदस्य रवि लामिछाने सांसद पदबाट निलम्बित भएका छ। संसद सचिवालयले सूचना टास गर्दै चितवन क्षेत्र नं २ बाट निर्वाचित लामिछानेको संसद पद निलम्बनमा परेको जानकारी दिएको हो।

थारूवान

मंसिर २० गते ४ दिने चीन भ्रमणबाट स्वदेश फर्किदा प्रधानमन्त्री केपी शर्मा ओलीले विमानस्थलमै भनेका थिए, ‘अब भारततिरको पनि भ्रमण हुन्छ, छिट्टै एरेन्ज हुन्छ ।’ त्यसको केही दिनपछि गृहजिल्ला झापा पुगेर एक कार्यक्रममा उनले भने, ‘चीन भ्रमणबाट थुप्रै कुरा भएका छन् ।

थारूवान

नेकपा माओवादी केन्द्रले लेखा समिति सभापतिको राजीनामा मागेको छ । सोमबार सिंहदरबारमा बसेको लेखा समिति सभापतिको बैठकमा माओवादी केन्द्रका सांसद अमनलाल मोदीले सभापति ऋषिकेश पोखरेलको राजीनामा मागेका हुन्।

थारूवान

बाँकेको राप्तीसोनारीमा बरघरहरुको समावेशी मापन भेला सम्पन्न भएको छ। लमही-५, स्थित थारु साहित्य संस्कृति प्रतिष्ठानको आयोजनामा भएको कार्यक्रममा करिब ६ दर्जन बरघरहरुको उपस्थिति रहेको थियो।

थारूवान

नेपाल प्रिमियर लिग पहिलो सिजनको च्याम्पिन बन्दै जनकपुर बोल्ट्सले एक करोड १० लाख रुपैयाँ पाएका छन्। नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्दले जनकपुरका कप्तान अनिल साह र आजको खेलका कप्तान आसिफ शेखलाई उक्त रकमको चेक हस्तान्तरण गरे।

थारूवान

नेपाल प्रिमियर लिगको उत्कृष्ट खेलाडी बन्दै सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्र सिंह ऐरीले कार जितेका छन्। एनपीएलको उपाधि जित्न चुकेका ऐरीले कार जितेका हुन्। उनले ओमोडा एण्ड जेइको ब्रान्डको ओमोडा गाडी जितेका हुन्। उनले ब्याटिङ, बलिङ र फिल्डिङमा उत्कृष्ट प्रदर्शन गरे।

थारूवान

नेपाल प्रिमियर लिगको पहिलो सिजनको उपाधि जनकपुर बोल्ट्सले जितेको छ। टियु क्रिकेट मैदानमा सुदूरपश्चिम रोयल्सलाई ५ विकेटले पराजित गर्दै जनकपुरले एनपीएलको उपाधि कब्जा गरेको हो। सुदूरपश्चिम रोयल्सले दिएको १८५ रनको लक्ष्य पछ्याएको जनकपुरले १९.२ ओभरमा ५ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको हो।

थारूवान

लुम्बिनी प्रदेशबाट बर्दिया र बाँके जिल्लालाई कर्णाली प्रदेशमा गाभ्ने विषयले ठूलो बहस सिर्जना गरेको छ। बर्दिया र बाँकेमा बस्ने थारू जनप्रतिनिधिहरूले यस विषमा खुलेर विरोध गर्न थालेका छन्। पार्टीका ठूला नेतहरूले भित्रभित्रै बर्दिया र बाँकेलाई कार्णालीमा गाभ्ने कसरत गरिरहेको उनीहरूको आरोप छ।

थारूवान