समाचार
लुम्बिनी प्रदेशका मन्त्री वैजनाथ चौधरी दम्पतीलाई कोरोना संक्रमण
लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार निर्माण तथा योजना मन्त्री वैजनाथ चौधरी दम्पतीलाई कोरोना संक्रमण भएको छ। चौधरीसँगै उनका पिएसओ, ड्राइभर र भान्सेलाई पनि कोरोना पोजेटिभ देखिएको हो।
थारुवान/काठमाडौंनेपाल कम्युनिस्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य भगवती चौधरीलाई कोरोना संक्रमण पुष्टि भएको छ। उनले सामाजिक सञ्जालमार्फत् आफूलाई कोरोना संक्रमण पुष्टि भएको जनाएकी छन्। ‘बिरामी पनि कस्तो अच्चम। कोरोनाले मलाई पनि छाडेन। मेरो सम्पर्कमा आउनुभएकाहरुले सावधानी अपनाउन अनुरोध गर्दछु,’ उनले फेसबुकमा लेखेकी छन्।
थारुवान/सुनसरीबञ्चरो प्रहार गरी साथीको हत्या गरेको अभियोगमा प्रहरीले झापाको कनकाई नगरपालिकाबाट एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा कनकाई–७ का २२ वर्षीय रविन राजवंशी छन्। बुधबार बिहान कनकाई–३ एकान्त टोलस्थित सुरुङ्गा खोलाको बाँध र बाँसघारीको झ्याङको बीचमा सोही स्थानका २२ वर्षीय अभिषेक चौधरीको शव फेला परेको थियो।
थारुवान/झापालुम्बिनी प्रदेशका उपसभामुख कृष्णी थारुलाई कोरोना संक्रमण भएको छ। उनले सामाजिक सञ्जालमार्फत् आफूलाई कोरोना पोजेटिभ भएको जानकारी दिएकी छन्। ‘गत आइतबार कोरोना परिक्षण गर्दा रिपोर्ट पोजेटिभ देखिएकाले मसँग सम्पर्कमा आउनुभएका सम्पूर्ण महानुभावहरूलाई सतर्क रहन अनुरोध गर्दछु,’ उनले लेखेकी छन्।
थारुवान/बर्दिया
रेशम रन्जितालाई खुला पत्र