समाचार
आलु-प्याजमा लाग्ने भ्याट खारेज, अरु कुन-कुन करमा भयो हेरफेर?
सरकारले विभिन्न वस्तु तथा सेवाको करका दरमा हेरफेर गरेको छ। संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा अर्थमन्त्री वर्षमान पुनद्वारा प्रस्तुत आर्थिक वर्ष २०८१/०८२ को बजेटमा उद्योगले पैठारी गर्ने कच्चा पदार्थमा लाग्ने महसुलभन्दा तयारी वस्तुको पैठारीमा लाग्ने महसुल कम्तीमा एक तह कम गरिएको छ। स्वदेशी उद्योगलाई प्राथमिकता र प्रश्रय दिन...
थारूवानप्रतिनिधिसभाको आजको बैठकमा सहकारीका क्षेत्रमा देखिएको समस्याका सम्बन्धमा संसदीय छानबिन विशेष समिति गठन गरिएको छ। सहकारी संस्था बचत रकम दुरुपयोग गर्न संसदीय छानबिन विशेष समिति गठनका लागि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसलगायत दलले माग गर्दै आएका थिए । प्रमुख दलहरुबीचको सहमतिका आधारमा ल्याइएको उक्त समितिको कार्यादेशसहितको प्रस्तावलाई सभाका सभामुख देवराज...
थारूवानकारी महतो/चितवन चितवनका थारू समुदायमा शिक्षाको लहर आएपछि अर्धशिक्षित जमातले परम्परागत ज्ञान तथा सीपलाई अन्धविश्वासको रूपमा लिन थाले। अधिकांश शिक्षित समूहले थारू गुरौको विधि र पद्धतिलाई हेयको भावले हेर्न थाले। जसले गर्दा यो लोपोन्मुख हुन थाल्यो। तर, अहिलेका युवापिढीले थारू गुरौको परम्परागत ज्ञानसीपलाई विज्ञानको रूपमा ग्रहण गर्न थालेका छन्।...
थारूवानकाठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठलाई धुलो उपहार पठाएका छन्। बबरमहलस्थित सडक विभागको मुख्यालय र मीनभवनस्थित सडक डिभिजन कार्यालयको प्रवेशद्वारमै महानगरको ट्रकले धुलो खसालेको हो। मेयर बालेनले कलंकीदेखि महाराजगन्जसम्म रिङरोड विस्तारको नाममा जनताले धेरै धुलो र कष्ट व्यहोर्नु परेको उल्लेख गरेका छन्।...
थारूवानजिल्लाको कपिलवस्तु नगरपालिका-३ मा मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ। कपिलवस्तु-३ महिता चोक नजिकको मोडमा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा रुपन्देहीको सैनामैना नगरपालिका-५ गडवाका २३ वर्षीय कुमार थारुको मृत्यु भएको छ। दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन्। तौलिहवातर्फ आइरहेको लु४४प १३१४ नम्बरको मोटरासाइकल अनियन्त्रित भई सडकबाट...
थारूवानकारी महतो/चितवन। रत्ननगर नगरपालिका वडा नं. ८ बाघमारा निवासी ६६ वर्षीय रामदिन महतो सन् १९९४ देखि नेपालमा पाइने जडिबुटीहरूको औषधीय गुणहरूबारे थारू गुरौको विधि र पद्धतिअनुसार व्यवहारिक अध्ययन गरी अहिले परम्परागत ज्ञानगुन बाँड्दैछन्। नेपाल आदिवासी जनजाति राष्ट्रिय प्रतिष्ठानको आयोजना तथा थारू कल्याणकारिणी सभा चितवनको सहआयोजनामा जेठ १० देखि १४...
थारूवानलखन चौधरी।कैलाली। कैलालीको कैलारी गाउँपालिका ६, बेनौलीमा सामूहिक जनश्रमदानबाट सार्वजनिक बाटो, सिँचाइ कुलो, पुलपुलेसो निर्माण थालिएको छ । बेनौलीका २६७ घरधुरीले कुलाही भनिने जनश्रमदान सुरु गरेका हुन् । यहाँ गाउँ क्षेत्रभित्र पर्ने सार्वजनिक कुलो, नहर, बाटोघाटो मर्मत सम्भारको लागि श्रमदान स्वरूप कुलाही गर्ने परम्परा चल्दै आएको हो । बेनौलीका...
थारूवानबुद्ध जयन्तीको अवसरमा लुम्बिनीमा विभिन्न कार्यक्रम आयोजना गरिएको छ। भारतीय दूतावासले लुम्बिनी विकास कोष तथा लुम्बिनी बौद्ध विश्वविद्यालयसँगको सहकार्यमा सांस्कृतिलगायतका कार्यक्रम आयोजना गरेको हो। बुधबार बौद्ध विश्वविद्यालयमा ‘बुद्ध धर्म र वैश्विक शान्ति’ विषयक अन्तर्क्रियामा नेपाल र भारतका विशिष्ट बौद्ध विद्वानहरूले आधुनिक जगतमा भगवान् बुद्धका शिक्षाको सान्दर्भिकताका बारेमा प्रकाश पारेका...
थारूवानथारू समुदायकी मन्त्री भगवती चौधरीको सम्पत्ति विवरण सार्वजनिक भएको छ। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीसमेत रहेका चौधरीको सरकारले सम्पत्ति विवरण सार्वजनिक गरेको हो। विवरणअनुसार चौधरीको सनसुरीको दुहबी र काठमाडौंको वडा-९ मा घर रहेको छ। उनले स्वआर्जनबाट उक्त घर बनाएको बताएकी छन्। दुहबीमा एक कट्ठा र काठमाडौंमा १२ आना...
थारूवान
रेशम रन्जितालाई खुला पत्र