समाचार

नेपालले जित्यो महिला टी-२० सिरिजको उपाधि

चार देश सम्मिलित महिला टी-२० सिरिजको उपाधि नेपालले जितेको छ। आज भएको फाइनल खेलमा नेपालले हङकङलाई १३ रनले हराउँदै उपाधि हात पारेको हो। नेपालले ब्याटिङ गरिरहँदा वर्षा भएपछि खेलको छिनोफानो डकवर्थ लुइस पद्धतिका आधारमा गरिएको हो।

थारूवान

लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी उपस्थित एक सामाजिक कार्यक्रममा विदेशी गीत बजाएर सुरु गरिएपछि कार्यक्रम नै बहिस्कार गरेका छन् । किवानीज इन्टरनेशनल नेपालको पाँचौं डिष्ट्रिक सम्मेलन शुक्रबार रुपन्देहीको भैरहवामा गरिएको थियो । सम्मेलन उद्घाटनको प्रमुख अतिथि मुख्यमन्त्री चौधरी थिए ।

थारूवान

थारू विद्यार्थी समाजले एसईई र प्लस टू परीक्षामा राम्रो अंक ल्याई उत्तीर्ण भएका विद्यार्थीहरूलाई सम्मान गर्ने भएको छ। एसईई मा ‘ए’ र प्लस टूमा ‘ए प्लस’ ल्याउने विद्यार्थीलाई समाजले सम्मान गर्न लागेको हो।

थारूवान

कैलालीको टीकापुर घटनाको सम्झनामा थारु कल्याणकारीणी सभा, थरुहट थारुवान संयुक्त संघर्ष समिति लगायतका संघसंथाहरुले काठमाडौंमा विद्रोह सभा गरेका छन्। २०७२ भदौ ७ गते थरुहट आन्दोलनकारी र प्रहरीबीच कैलालीको टीकापुरमा भएको घटनालाई लिएर उनीहरुले टिकापुर विद्रोहसभा गरेका हुन्। विद्रोह सभामा सहभागीहरुले टीकापुर घटनाको झुटा मुद्दा फिर्ता गर्नुपर्ने, निर्दोष राजबन्दीहरुलाई रिहाई...

थारूवान

नेपाली कांग्रेसका सांसद तेजुलाल चौधरीले अधिकार माग्दा थुनिएका र राज्यसँग लुकिछिपी बाँच्न बाध्य बनाइएका थारूलाई उन्मुक्ति दिनुपर्ने बताएका छन्। प्रतिनिधिसभाको बिहीबारको बैठकमा सांसद चौधरीले अधिकार माग्दा थुनिएका थारुहरुलाई जेलमुक्त गर्नुपर्ने र फरार घोषणा गरिएकाहरूलाई उन्मुक्ति दिनुपर्ने माग गरे।

थारूवान

लखन चौधरी/कैलाली नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले टीकापुर घटनामा मारिएका नाबालक टेकबहादुर साउँद आफ्नो पनि बच्चा रहेको बताएका छन्। स्व. साउँदको सालिक अनावरण गर्दै पूर्वसांसद समेत रहेका चौधरीले आफूहरूको भावनामाथि खेल्ने प्रयास भइरहेको बताए।

थारूवान

प्रधानमन्त्री पुष्पकमल दाहालले भारतले चन्द्रमाको सतहमा चन्द्रयान-३ को सफल अवतरण गराउन सफल भएकामा बधाई दिएका छन्। उनले आज ट्वीट गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र भारत अन्तरिक्ष अनुसन्धान संस्था (आइएसआरओ) का सम्पूर्ण वैज्ञानिकलाई बधाई दिएका हुन्।

थारूवान

भारतको चन्द्रयान-३ चन्द्रमाको सतहमा बुधबार साँझ सफलतापूर्वक अवतरण भएको छ । भारतले चन्द्रमाको दक्षिणध्रुवमा अवतरण गराएको हो । यो क्षेत्रमा हालसम्म कुनै पनि मुलुकका यान पुगेका छैनन् । चन्द्रमाको सतहमा यसअघि अमेरिका, रुस र चीनमात्रै सफलतापूर्वक अवतरण गराएका छन् ।

थारूवान

जनता समाजवादी पार्टी (जसपा) नेपालले आफ्ना पार्टीका नेताहरुको प्रदेश र विभागको जिम्मेवारी तोकेको छ। सो पार्टीको सम्पन्न केन्द्रीय कार्यकारिणी समितिको बैठकले प्रदेश र विभागको जिम्मेवारी तोकेको हो।

थारूवान

ललिता निवास परिसरको सरकारी जग्गा हिनामिनाको प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले चार पूर्वमन्त्री र छ जना पूर्वसचिवलाई प्रतिवादी बनाएर किर्ते र संगठित अपराधमा मुद्दा चलाउन राय दिएको छ । सीआईबीले मंगलबार प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाइसकेको छ । जग्गा प्रशासन र सार्वजनिक निर्माणसँग जोडिएका निर्णय प्रक्रियालाई...

थारूवान
1 93 94 95 96 97 262