थारू समाचार

एमालेका थारु नेतालाई उम्मेदवार बन्न यस्ता छन् मापदण्ड

नेकपा एमालेले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि मापदण्ड तय गरेको छ। प्रचार तथा प्रकाशन विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले पार्टीले निर्वाचनका लागि उम्मेदवारको छनोट गर्ने चार वटा मापदण्ड बनाएको बताए। उनका अनुसार पहिलो पार्टी, नीति र सिद्धान्तप्रतिको प्रतिबद्धता, दोस्रो कुनै पनि नेताले पार्टीले सञ्चालन गरेको...

थारुवान संबाददाता

गृहमन्त्री बालकृष्ण खाणसँग नेपालका लागि बेलायती राजदूत निकोला क्याथरिन पोलिटले बिहीबार भेटवार्ता गरेका छन्। गृह मन्त्रालयमा भएको भेटमा दुई देशको आपसी सम्बन्ध थप प्रगाढ बनाउने विषयमा छलफल भएको थियो।

थारुवान संबाददाता

नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले टीकापुरमा भदौ ७ र ८ गते हुने कार्यक्रममा एक्यबद्धता जनाइदिन आग्रह गरेकी छन्। एकै ठाउँमा दुई वटा कार्यक्रम हुने भएपछि सामाजिक सञ्जालमा विरोध भइरहेको छ। रेशम चौधरीको नेतृत्व रहेको नागरिक उन्मुक्ति पार्टीले विज्ञप्ति जारी गर्दै भदौ ७ गते कार्यक्रम आयोजना गर्ने जनाएको...

थारुवान संबाददाता

काठमाडौंवासी थारूले अस्टिम्की पर्व मनाएका छन्। राष्ट्रिय थारू कलाकार मञ्चको संयोजनमा शुक्रबार सुरु भएको उक्त पर्व दर्जनभन्दा बढी थारू संघ–संस्थाको संयुक्त आयोजना शनिबार सम्पन्न भएको हो। सोही अवसरमा सहरी विकासमन्त्री मेटमणि चौधरीले अस्टिम्कीको उद्घाटन गरेका थिए।

इन्द्र चौधरी

लामो प्रयासपछि नेकपा माओवादी केन्द्रले २१ सदस्यीय पदाधिकारी टुंगो लगाएको छ। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी समितिको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्ताव गरेको पदाधिकारीको नाम नै सर्वसम्मतले पारित भएको हो।

थारुवान संबाददाता

सर्वोच्च अदालतले कर्मचारी सञ्चयकोष र कृषि विकास बैंक लिमिटेडको नाममा थारु आरक्षण कोटा बिना कर्मचारी भर्ना प्रक्रिया अगाडि नबढाउन अन्तरिम आदेश जारी गरेको छ। सर्वोच्च अदालतका न्यायाधीश तीलप्रसाद श्रेष्ठको एकल इजलासले बुधबार सो आदेश भएको हो। सर्वोच्च अदालतले विपक्षीका नाममा १५ दिनभित्र लिखित जवाफ मागेको छ।

थारुवान संबाददाता

मधेस-थरुहट आन्दोलनको अगुवाई गर्ने किशोर विश्वासले नयाँ पार्टी दर्ता गराएका छन्। विभिन्न पार्टीको नेतृत्व तहमा रहिसकेका विश्वासले १७ वर्षपछि आफ्नै अध्यक्षतामा बहुलराष्ट्रिय समाजवादी पार्टी नेपाल निर्वाचन आयोगमा दर्ता गराएका हुन्।

थारुवान संबाददाता

थारु सम्बद्ध संघसंस्थाले टीकापुर घटनाको सम्झनामा हरेक वर्ष कार्यक्रम गर्दै आएको छ। यस वर्ष पनि भदौ ७ गते थारु सम्बद्ध संघसंस्थाले कार्यक्रम गर्ने बताएको छ। रेशम चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टीले भदौ ७ र ८ गते टीकापुरको खुला मञ्च र लम्की बजारमा कार्यक्रम आयोजना गर्दैछ। कार्यक्रम संयोजक ललित ताम्राकारका...

थारुवान संबाददाता

नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा नपरेपछि सांसद पार्वता डीसी चौधरीले असन्तुष्ट भएका छन्। पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार १० जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेका थिए। देउवाले किरण यादव, राधा घले, धना खतिवडा, उर्मिला थपलिया, रुक्मीणी कोइराला, कल्याणी रिजाल,

थारुवान संबाददाता

सरकारसँग भएको दस बुँदे सम्झौता कार्यान्वयन गराउन मुक्त कमलरीहरु काठमाडौं आएका छन्। सोमबार पत्रकार सम्मेलन गर्दै उनीहरुले तत्काली मुक्त कमलरी संघर्ष समितिसँग गरिएको सम्झौता कार्यान्वय गर्नुपर्ने माग गरे।

थारुवान संबाददाता