थारू समाचार

कुन-कुन थारु नेताहरु नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गर्दैछन्?

रेशम चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टीले भोलि (आइतबार) पार्टी प्रवेश कार्यक्रम आयोजना गर्दैछ। भृकुटिमण्डपको रिपोर्ट्स क्लबमा १ बजे आयोजना हुने कार्यक्रममा विभिन्न पार्टीका थारु नेताहरु पार्टी प्रवेश गर्ने कार्यक्रम रहेको एक नेताले बताए।

थारुवान संबाददाता

कैलालीको जानकी गाउँपालिकाले थारु समुदायलाई मात्र लाग्ने रोग सिकलसेल रोग पहिचान तथा निदानका लागि शिविर सञ्चालन गर्न २० लाख बजेट विनियोजन गरेको छ।

थारुवान संबाददाता

घोराही उपमहानगरपालिकाले थारु समुदायका लागि ४६ लाख बजेट विनियोजन गरेको छ। उसले आन्तरिकतर्फ २६ लाख र संघ सरकारबाट प्राप्त अनुदानबाट २० लाख गरी ४६ लाख बजेट विनियोजन गरेको हो।

थारुवान संबाददाता

युनिक नेपालको ३ वर्षे रणनीतिक योजना कार्यशालाआज सम्पन्न भएको छ। युनिक नेपालले आगामी ३ वर्षभित्र समुन्नत समाज निर्माणका लागिआर्थिक, सामाजिक, साँस्कृतिक क्षेत्रमा महत्वपूर्ण कार्य गर्ने उद्देश्य समेट्दै सो कार्यशाला सम्पन्न गरेको छ।

थारुवान संबाददाता

नेपालको लुम्बिनीमा हुने भनिएको अन्तर्राष्ट्रिय थारु महासभाको बैठक स्थगित भएको छ। गत ९ जेठमा भारतीय थारु कल्याण महासंघको स्वर्ण जयन्तीको अवसरमा अन्तर्राष्ट्रिय महासभा गठन गरिएको थियो। गठनपश्चात् असार १८ गते लुम्बिनीमा बैठक आह्वान गरिएको थियो।

थारुवान संबाददाता

प्रधानमन्त्री शेरबहादुर देउवाले टीकापुर घटनाका राजबन्दी रिहाइ र थारु कलस्टरअन्तर्गत ६.६ प्रतिशत कोटा छुट्याउन सम्बन्धित निकायसँग विस्तृत छलफल गर्ने बताएका छन्।

थारुवान संबाददाता

सत्तारूढ दल नेपाली कांग्रेसका सांसद सञ्जय गौतमले थारु क्लस्टरसहितको निजामती ऐन बनाउन माग गरेका छन्। ऐन बनाएर उनीहरूको अधिकार सुनिश्चित गर्नुपर्नेमा उनले जोड दिए।

थारुवान संबाददाता

थारु आयोगका अध्यक्ष विष्णु चौधरीले मानव विकास सूचकांकमा थारुहरु धेरै पछि रहेको बताएका छन्। शुक्रबार नेपाल चौतारी कार्यक्रममा बोल्दै उनले थारुहरु तराईको ग्रामिण क्षेत्रमा बसोबास गर्ने र ग्रामिण क्षेत्रहरु अझै सूचाकांकमा धेरै पछि रहेको तथ्य स्पष्ट पारे।

थारुवान संबाददाता

बर्दियाको मधुवन नगरपालिका-२ मा प्रहरीले चलाएको गोली लागेर नविना चौधरीको मृत्यु भएको घटना छानविन गर्न गठित समितिले प्रतिवेदन बुझाएको छ।

थारुवान संबाददाता

शंकरप्रसाद खनाल/अन्नपूर्ण पोस्ट् बर्दिया राजापुरका २४ वर्षका रमेश थारू र २२ वर्षकी सुनिता चौधरी (नाम परिवर्तन) बीच गत वैशाखमा विवाहको कुरो चल्यो। तर, निचोडमा पुग्न पढाइ, धनसम्पत्ति, पारिवारिक स्थिति, आनीबानीभन्दा पनि सिकलसेल/थालेसिमिया रोग भए/नभएको कुरालाई आधार बनाइयो। त्यसपछि भेरी अस्पताल नेपालगन्जमा आएर रगत परीक्षण गराए।

शंकरप्रसाद खनाल