थारू समाचार
एकै कार्यक्रममा रेशम-रञ्जितालाई निम्ता, होलान् सहभागी?
नागरिक उन्मुक्ति पार्टीको कैलाली जिल्ला समितिले पहिचानको आन्दोलन र थरुहट आन्दोलन विषयक अन्तर्रक्रियात्मक कार्यक्रम आयोजना गर्दैछ। भदौ १५ गते शनिबार कैलालीको जोशीपुरस्थित मैनापोखरीमा हुने कार्यक्रमका लागि पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ र संरक्षक रेशम चौधरीलाई पनि निमन्त्रणा दिइएको छ। पार्टीका जिल्ला अध्यक्ष प्रदीप चौधरीले अध्यक्ष श्रेष्ठलाई प्रमुख अतिथि र रेशमलाई...
थारूवानपूर्वमन्त्री भगवती चौधरीका छोरामाथि विराटनगरमा आक्रमण भएको घटना बाहिर आएको छ। गुन्डागर्दीमा संलग्न समूहले सुनसरीको दुहबी नगरपालिका-२ घर भएका २८ वर्षीय द्रव्यराज चौधरी र २७ वर्षीय बालकृष्ण चौधरीमाथि विराटनगर महानगरपालिका-१० मा आक्रमण गरेको हो। ‘प्लाई’ खरिद गरेको हिसाबकिताब मिलाउन विराटनगर आएका बेला उनीहरूमाथि भदौ १ गते दिउँसोको आक्रमण भएको...
थारूवानकैलालीको जानकी गाउँपालिकाले नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठानको सहकार्यमा अष्टिम्की चित्रकला प्रतियोगिता आयोजना गरेको छ। प्रतियोगिता भदौ ८ गतेदेखि ११ गतेसम्म चलेको थियो। चार दिन लगाएर उत्कृष्ट चित्र बनाउनेहरूलाई जानकी गाउँपालिकाले सम्मानसमेत गरेको छ। प्रतियोगितामा जानकी गाउँपालिका वडा नं. ४ का जुना चौधरी प्रथम भएकी थिइन्। त्यस्तै जानकी गाउँपालिका वडा नं....
थारूवाननेकपा एकीकृत समाजवादीले निर्वाचनमार्फत १७ जना पदाधिकारी छानेको छ। उपाध्यक्ष, उपमहासचिव र सचिव टुंगो लगाउन समाजवादीले निर्वाचन गरेकोमा बुधबार निर्वाचनको सबै परिणाम सार्वजनिक भएको हो। जसअनुसार महिला उपाध्यक्ष पदमा जयन्ती देवी राई निर्वाचित भइन्। उनले नेतृ रामकुमारी झाँक्रीलाई पराजित गरिन्। उपाध्यक्ष (मधेसी समुदाय) पदमा धर्मनाथ प्रसाद साह निर्वाचित हुँदा...
थारूवानजनता समाजवादी पार्टी (जसपा), नेपालका अध्यक्ष उपेन्द्र यादवले केन्द्रीय पदाधिकारी र केन्द्रीय सदस्य चयन गरेका छन्। गत जेठ अन्तिम साता सम्पन्न जसपा, नेपालको महाधिवेशनले अध्यक्ष यादवलाई केन्द्रीय पदाधिकारी र केन्द्रीय सदस्य चयन गर्ने जिम्मेवारी दिएको थियो। त्यसका आधारमा अध्यक्ष यादवले केन्द्रीय कार्यकारिणी समितिका पदाधिकारी र सदस्य चयन गरेका हुन्। जसपा, नेपालको...
थारूवानकाठमाडौंबासी थारूहरूले अस्टिम्की पर्व मनाएका छन्। अग्रासन थारू महिला समूहले विभिन्न थारू संघसंस्थाको सहकार्यमा आयोजना गरेको अस्टिम्की पर्व सोमबार मनाइएको हो। बुद्धनगरस्थित क्वालिटी ब्यांक्वेटमा महिलाहरू थारू पहिरनमा सजिएर यो पर्व मनाएका हुन्। अस्टिम्की पर्वमा बरघर्या वा महटाँवाको घरको भित्ता वा डेहरीमा कृष्ण चरित्रसम्वन्धी विभिन्न वृतान्तलाई चित्रको रुपमा कोरेर...
थारूवानटीकापुरको कान्छी बजारमा टीकापुर विद्रोह दिवस मनाइएको छ। थारू कल्याणकारिणी सभा, कैलाली, थरुहट थारुवान राष्ट्रिय मोर्चा कैलाली र थारु विद्यार्थी समाज कैलालीको संयुक्त आयोजनामा भएको कार्यक्रममा नागरिक उन्मुक्त पार्टीका तीन सांसद सहभागी थिए। कार्यक्रममा सांसदहरू गंगाराम चौधरी, लालवीर चौधरी र अरुणकुमार चौधरी सहभागी थिए। त्यस्तै नागरिक उन्मुक्ति पार्टीका रेशम...
थारूवानथारू कल्याणकारिणी सभा र थरूहट थारूवान राष्ट्रिय मोर्चाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई तीन बुँदे ज्ञापन पत्र बुझाएका छन्। टीकापुर विद्रोह दिवसको अवसरमा थारू सम्बद्ध संस्थाहरूले काठमाडौंका प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई तीन बुँदे ज्ञापन बुझाएका हुन्। थरूहट तथा मधेस आन्दोलन अध्ययन गर्न बनेको लाल आयोग र देवीराम शर्माको प्रतिवेदन तत्काल...
थारूवानदुई दिनदेखिको वर्षासँगै नदी तथा खोलामा आएको बाढी बस्तीमा पसेपछि भएको डुबानको समस्याले कैलाली जिल्लामा पाँच सय घरपरिवार प्रभावित भएका छन्। जिल्लामा आज बिहानसम्म पाँचसय घर डुबानमा परेको र यसबाट झन्डै एक हजार सात सय नागरिक प्रभावित भएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए। डुबानको समस्याले...
थारूवानशुक्लाफाँटा नगरपालिका-३ का ६० वर्षीय गहनु चौधरीसँग आफ्नो विवाहमा चँडोल (डोली) चढेको सम्झना अझै ताजा छ। विवाहका बेला चँडोल चढ्दाको अनुभव सुनाउँदै उनले त्यो चलन आजकल देख्न नपाइने गरेको बताए। डम्फुको तालसँग नाच्दै गरेका जन्तीसँगै चँडोलमा चढेर दुलही अन्माउँदाको सम्झना निकै रमाइलो रहेको उनले सुनाए। विगतमा थोरै खर्चमा परम्परागत...
थारूवान
रेशम रन्जितालाई खुला पत्र