थारू समाचार
एकीकृत समाजवादीमा दुई थारू पदाधिकरीमा चयन, मेटमणि उपमहासचिव र बलदेव सचिवमा विजयी
नेकपा एकीकृत समाजवादीले निर्वाचनमार्फत १७ जना पदाधिकारी छानेको छ। उपाध्यक्ष, उपमहासचिव र सचिव टुंगो लगाउन समाजवादीले निर्वाचन गरेकोमा बुधबार निर्वाचनको सबै परिणाम सार्वजनिक भएको हो। जसअनुसार महिला उपाध्यक्ष पदमा जयन्ती देवी राई निर्वाचित भइन्। उनले नेतृ रामकुमारी झाँक्रीलाई पराजित गरिन्। उपाध्यक्ष (मधेसी समुदाय) पदमा धर्मनाथ प्रसाद साह निर्वाचित हुँदा...
थारूवानजनता समाजवादी पार्टी (जसपा), नेपालका अध्यक्ष उपेन्द्र यादवले केन्द्रीय पदाधिकारी र केन्द्रीय सदस्य चयन गरेका छन्। गत जेठ अन्तिम साता सम्पन्न जसपा, नेपालको महाधिवेशनले अध्यक्ष यादवलाई केन्द्रीय पदाधिकारी र केन्द्रीय सदस्य चयन गर्ने जिम्मेवारी दिएको थियो। त्यसका आधारमा अध्यक्ष यादवले केन्द्रीय कार्यकारिणी समितिका पदाधिकारी र सदस्य चयन गरेका हुन्। जसपा, नेपालको...
थारूवानकाठमाडौंबासी थारूहरूले अस्टिम्की पर्व मनाएका छन्। अग्रासन थारू महिला समूहले विभिन्न थारू संघसंस्थाको सहकार्यमा आयोजना गरेको अस्टिम्की पर्व सोमबार मनाइएको हो। बुद्धनगरस्थित क्वालिटी ब्यांक्वेटमा महिलाहरू थारू पहिरनमा सजिएर यो पर्व मनाएका हुन्। अस्टिम्की पर्वमा बरघर्या वा महटाँवाको घरको भित्ता वा डेहरीमा कृष्ण चरित्रसम्वन्धी विभिन्न वृतान्तलाई चित्रको रुपमा कोरेर...
थारूवानटीकापुरको कान्छी बजारमा टीकापुर विद्रोह दिवस मनाइएको छ। थारू कल्याणकारिणी सभा, कैलाली, थरुहट थारुवान राष्ट्रिय मोर्चा कैलाली र थारु विद्यार्थी समाज कैलालीको संयुक्त आयोजनामा भएको कार्यक्रममा नागरिक उन्मुक्त पार्टीका तीन सांसद सहभागी थिए। कार्यक्रममा सांसदहरू गंगाराम चौधरी, लालवीर चौधरी र अरुणकुमार चौधरी सहभागी थिए। त्यस्तै नागरिक उन्मुक्ति पार्टीका रेशम...
थारूवानथारू कल्याणकारिणी सभा र थरूहट थारूवान राष्ट्रिय मोर्चाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई तीन बुँदे ज्ञापन पत्र बुझाएका छन्। टीकापुर विद्रोह दिवसको अवसरमा थारू सम्बद्ध संस्थाहरूले काठमाडौंका प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई तीन बुँदे ज्ञापन बुझाएका हुन्। थरूहट तथा मधेस आन्दोलन अध्ययन गर्न बनेको लाल आयोग र देवीराम शर्माको प्रतिवेदन तत्काल...
थारूवानदुई दिनदेखिको वर्षासँगै नदी तथा खोलामा आएको बाढी बस्तीमा पसेपछि भएको डुबानको समस्याले कैलाली जिल्लामा पाँच सय घरपरिवार प्रभावित भएका छन्। जिल्लामा आज बिहानसम्म पाँचसय घर डुबानमा परेको र यसबाट झन्डै एक हजार सात सय नागरिक प्रभावित भएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए। डुबानको समस्याले...
थारूवानशुक्लाफाँटा नगरपालिका-३ का ६० वर्षीय गहनु चौधरीसँग आफ्नो विवाहमा चँडोल (डोली) चढेको सम्झना अझै ताजा छ। विवाहका बेला चँडोल चढ्दाको अनुभव सुनाउँदै उनले त्यो चलन आजकल देख्न नपाइने गरेको बताए। डम्फुको तालसँग नाच्दै गरेका जन्तीसँगै चँडोलमा चढेर दुलही अन्माउँदाको सम्झना निकै रमाइलो रहेको उनले सुनाए। विगतमा थोरै खर्चमा परम्परागत...
थारूवानसडकमा सरोकारवाला समुदायको विरोध र सुदूरपश्चिम प्रदेश सभामा सांसदहरूको विरोधका बीच प्रदेशको निजामती सेवा ऐन ०७९ लाई संशोधन गर्न ल्याएको विधेयक पारित गरिएको छ। मंगलबार सुदूरपश्चिमका थारु/राना थारू समुदायले आफूहरूको जनसंख्याको आधारमा समावेशी आरक्षण कोटा निर्माण गरिनुपर्ने भन्दै धर्ना दिएका थिए। उता प्रदेश सभामा संशोधन गर्न बनेको विधेयकलाई सांसदहरूको...
थारूवानपरराष्ट्रमन्त्री आरजु राणा देउवाले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गरेका छन्। हैदरावाद हाउसमा सोमबार साँझ उनीहरूबीच भेटवार्ता भएको हो। उनीहरूबीच नेपाल-भारत सम्बन्धका विविध पक्ष, आपसी हित र पारस्परिक सहयोगका विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। यसअघि परराष्ट्रमन्त्री राणाले समकक्षी एस जयशंकरसँग भेटवार्ता गरेकी थिइन्। भेटवार्ताले दुई देशबीचको सम्बन्ध...
थारूवानराजधानीबासी थारूहरूले अस्टिम्की पर्व मनाउने भएका छन्। काठमाडौंमा रहेका विभिन्न संघसंस्थाको आयोजनामा भदौ १० गते अस्टिम्की मनाउन लागिएको हो। शनिबार भृकुटीमण्डपमा बसेको बैठकले काठमाडौंको बुद्धनगरस्थित क्वालिटी ब्यांक्वेटमा अस्टिम्की मनाउने निर्णय गरिएको छ। बैठकले अग्रासन थारु महिला समूहकी चम्पा चौधरीको संयोजकमा मूल आयोजक समिति गठन गरिएको छ। १० सदस्यीय समितिमा...
थारूवान
रेशम रन्जितालाई खुला पत्र