थारू समाचार
घोराही उपमहानगरपालिकामा पनि रेशम चौधरी नेतृत्को पार्टीले उम्मेदवार उठाउँदै
रेशम चौधरी नेतृत्वको नागरकि उन्मुक्ति पार्टीले दाङको घोराही उपमहानगरपालिकामा उम्मेदवार सिफारिस गरेको छ। पार्टीका केन्द्रीय सदस्य एवं लुम्बिनी प्रदेश कमिटी अध्यक्ष कनैलाल चौधरीका अनुसार घोराही उपमहानगरको मेयरका लागि फहरुकुमार चौधरी र श्रीशरण चौधरीको नाम सिफारिस भएको छ।
थारुवान संबाददाताआसन्न स्थानीय तहको निर्वाचनमा कैलालीमा थारु नेताहरुले नेतृत्व गरेका चार दलले छुट्टै गठबन्धन बनाउने सहमति गरेका छन्। सत्तारुढ पाँच दलीय गठबन्धनमा आबद्ध जनता समाजवादी पार्टीले सुदूरपश्चिम प्रदेश सरकारको मन्त्रिपरिषद् विस्तारमा असन्तुष्टि जनाउँदै थारु केन्द्रीत दलहरुसँग तालमेल गर्ने सहमति गरेको हो।
थारुवान संबाददातानेपाल प्रहरीका चार जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)को प्रहरी नायब महानिरीक्षक (डिआइजी) पदमा बढुवाका लागि सिफारिस गरिएको छ। प्रहरीको बढुवा सिफारिस समितिको बसेको बैठकले एसएसपी नलप्रसाद उपाध्याय, मोहनकुमार आचार्य, राजेन्द्रप्रसाद चौधरी र साउद अलाम खाँलाई डिआइजीमा बढुवाका लागि सिफारिस गरिएको हो।
थारुवान संबाददातास्थानीय तहको निर्वाचनको मिति नजिकिएसँगै चुनावी माहोल तातिरहेका बेला कञ्चनपुरमा सबै वर्ग, समुदाय, जातजातिमा यसको रौनकताले छोएको छ। कञ्चनपुरका भूमिपुत्रका मानिने राना थारु समुदायका अगुवा पनि दशकौँदेखि बसोबास रहे पनि यहाँ स्थानीय तह राज्य संयन्त्रमा आफ्नो बलियो उपस्थिति हुनुपर्नेमा जोड दिइरहेका छन्।
थारुवान संबाददाता
रेशम रन्जितालाई खुला पत्र