थारू समाचार

सरस्वती चौधरीसहित थारू समुदायका ६ महिला खेलाडी सम्मानित

काठमाडौं : विभिन्न खेलमार्फत देशलाई चिनाउने थारू समुदायकी महिला खेलाडीहरू सम्मानित भएका छन्। काठमाडौंमा रहेका विभिन्न संघसंस्थाहरूद्वारा आयोजित गुरही पर्वको अवसरमा उनीहरूलाई सम्मान गरिएको हो। सम्मानित हुनेमा भलिबलकी सरस्वती चौधरी, संगम महतो, मनिसा चौधरी, बीच भलिबलकी संगीता चौधरी, ह्यान्डबलकी आदिती चौधरी र हिलिना राना सम्मानित भएका हुन्। सरस्वती चौधरीले...

थारूवान

नेपाली महिला राष्ट्रिय भलिबल टोलीकी सदस्य सरस्वती चौधरी काभा महिला भलिबल नेसन्स लिगमा बेस्ट अपोजिट प्लेयर घोषित भइन्। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) बुधबार सम्पन्न नेसन्स लिगको समापनमा सरस्वतीलाई बेस्ट अपोजिट प्लेयर घोषित गरिएको थियो। नेपाललाई फाइनलमा पुर्‍याउन सरस्वतीले महत्त्वपूर्ण भूमिका खेलेकी थिइन्। इरानविरुद्धको सेमिफाइनल खेल होस् या फाइनलमा...

थारूवान

थारु समुदायको गुरही पर्वको अवसरमा कैलालीको विभिन्न स्थानीय तहले भोलि सार्वजनिक बिदा दिएका छन् । धनगढी उपमहानगरपालिका, गोदावरी, गौरीगङ्गा नगरपालिका, कैलारी गाउँपालिका, बर्दगोरिया गाउँपालिका लगायतका स्थानीय तहले स्थानीय सरकारले सार्वजनिक बिदा दिएका हुन । थारु समुदायकाले शुक्रबार गुरही पर्व मनाउँदै छन् । सो पर्वको अवसरमा नगर क्षेत्रभरिका सरकारी कार्यालय,...

थारूवान

दिनेश सुवेदी/नागरिक दैनिकबाट साभार जंगलको बिचमा वरपीपलको रूखवरिपरि फूल फुलेको देखेपछि गोठालाहरू दंग परे। घनघोर जंगलको बिचमा रहेको अजंगको रूखमुनि ठुलो ढुंगामा पूजासमेत गरिएको अकल्पनीय दृश्यले त्यहाँ जाने स्थानीय आश्चर्यचकित परे। हाम्रो समाज न पर्‍यो। देख्नेले चियोचर्चा सुरु गरे। एक महिला नित्य रूपमा बिहानै आएर वरको रूखमुनि राखिएको ढुंगामा...

थारूवान

पश्चिम नेपालका तराई क्षेत्रमा बसोबास गर्दै आएको थारु समुदायले परापूर्वकालदेखि मनाउँदै आएको ‘गुरही’ पर्व मनाउने तयारी थालेको छ। कैलालीमा पनि यो पर्व मनाउन तयारी तीव्र पारिएको छ। सखी सञ्जाल कैलाली, थारु कल्याणकारिणीसभा धनगढी नगर समिति, राष्ट्रिय थारु कलाकार मञ्च प्रदेश समिति, थारु महिलासभा कैलाली, थारु महिला सञ्जाल धनगढी लगायतको...

थारूवान

थारू समुदायको संस्कृति एवं परम्परासँग जोडिएको महुवा वृक्ष संरक्षणमा लुम्बिनी प्रदेश सरकारले चासो देखाएको छ। डिभिजन वन कार्यालयसँगको सहकार्यमा बहुउपयोगी महुवा प्रवर्द्धन गर्न वृक्षारोपण तथा सामुदायिक वनमा महुवा ‘ट्र्याकिङ’सुरु भएको छ। थारू समुदायलाई आयआर्जनमा जोड्ने उद्देश्यले प्रदेश सरकारले कार्यक्रम अघि सारेपछि वन कार्यालयसँगको सहकार्यमा महुवा रोपिएको डिभिजन वन कार्यालय...

थारूवान

कैलाली र कञ्चनपुरमा बसोबास गर्ने राना समुदायले तीज पर्व आज हर्षोल्लासका साथ मनाउँदै छन्। राना समुदायका महिलाहरुले दाजुभाइ र भतिजाहरुको दीर्घायुको लागि व्रत बसेर मनाउने प्रचलन छ। तीज राना समुदायको महान पर्व हो। हिन्दू धर्मावलम्बीले भाद्र शुक्ल तृतीयाका दिन तीज मनाउने चलन छ भने राना समुदायले श्रावण शुक्ल तृतीयाका...

थारूवान

नागरिक उन्मुक्ति पार्टीका जन्मदाता रेशम चौधरीले आफ्नो पार्टी रानी मौरीको नीति कथाजस्तै भएको बताएका छन्। कैलालीको भादामा आयोजित पार्टीको कार्यक्रममा बोल्दै उनले रानी मौरीसँग मौरीहरूले विद्रोह गरेको कथा सुनाएका थिए। उनले आफूले पार्टीलाई जेलबाटै जन्म दिएको बताए। पार्टीको जन्म दिँदै गर्दा ९ महिनासम्म आफ्नो मनस्थिति बिग्रिएको उनले बताए। ‘पार्टी...

थारूवान

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुण कुमार चौधरीले आफू आम जनता, समाज र देशको अहित हुने कुनै पनि काम नगर्ने बताएका छन्। शुक्रबार मात्रै पदभार ग्रहण गरेका राज्यमन्त्री चौधरीले शनिबार आफ्नो निर्वाचन क्षेत्रका मतदाताहरूलाई भेटेर यस्तो बताएका हुन्। उनी शनिबार बिहानै कैलाली पुगेका हुन्। बधाई तथा शुभकामना दिन...

थारूवान

काठमाडौंमा जारी काभा वुमन्स नेसन्स भलिबल लिगमा नेपालले भारतविरुद्ध ऐतिहासिक जित हासिल गरेको छ। शनिबार राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा नेपालले भारतविरुद्ध ३-२ को रोमाञ्चक जित हासिल गरेको हो। खेलमा पहिलो सेट २५-१८ ले जितेको नेपालले दोस्रो सेट १२-२५ ले भारतलाई सुम्पन पुग्यो। त्यस्तै तेस्रो सेट २५-१७ ले जितेको...

थारूवान
1 13 14 15 16 17 176