थारू समाचार

रेशम चौधरी रिहाइका लागि प्रधानमन्त्रीसँग पौने दुई घन्टा वार्ता

टीकापुर राजबन्दी रिहाइ राष्ट्रिय अभियानका टोली र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ। जनता समाजवादी पार्टीका निलम्बित सांसद रेशम चौधरीको रिहाइ र टीकापुर घटनाका राजबन्दीहरुको रिहाइ माग गर्दै संयोजक सुरेन्द्र चौधरी नेतृत्वको टोलीले प्रधानमन्त्रीसँग भेटवार्ता गरेको हो।

थारूवान

जनता समाजवादी पार्टीका निलम्बित सांसद रेशम चौधरीको रिहाइ माग गर्दै यतिबेला सर्वत्र भइरहेको छ। केही महिनाअघि देखि अभियन्ता सुरेन्द्र चौधरीले टीकापुर राजबन्दी रिहाइ अभियानको सुरुवात नै गरेका थिए।

थारूवान

दाङको लमही नगरपालिकाका १३ जना वडाध्यक्ष र कार्यपालिकाका सदस्यहरूले नगरपालिकाको कार्यालयमा धर्ना दिएका छन्। उनीहरुले विवादीत व्यक्तिलाई प्रमुख प्रशासकीय अधिकृतमा ल्याउन लागेको भन्दै धर्ना दिएका हुन्।

थारूवान

थारु कल्याणकारिणी सभा (थाकस) र सरकारबीच आज करिब दुई घन्टा वार्ता भएको छ। सिंहदरवास्थित गृहमन्त्रालयमा भएको वार्तामा थाकसको तर्फबाट विभिन्न मागहरु प्रस्तुत गरिएको छ। थाकसका महामन्त्री प्रेमीलाल चौधरीका अनुसार यसअघि बुझाइएको १९ बुँदे मागपत्रबारे वार्तामा जानकारी गराइएको छ।

थारूवान

सरकारले आज थारु कल्याणकारिणी सभा (थाकस)सँग वार्ता गर्ने भएको छ। सभासँग वार्ता गर्न सरकारले गृहमन्त्री रामबहादुर थापा बदलको नेतृत्वमा तीन सदस्यीय कार्यसमिति बनाएको छ। जसमा प्रधानमन्त्रीका परर्राष्ट्र सल्लाहकार राजन भट्टराई र ओलि निकट नेता भगवती चौधरी रहेका छन्।

थारूवान

बर्दियामा बाघले फेरि मान्छेमाथि आक्रमण गरेको छ। सोमबार बाघको आक्रमणबाट एक पुरूष घाइते भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ। गेरूवा गाउँपालिका-१ जनकनगर बस्ने ३५ वर्षीय चुलाराम थारूमाथि आक्रमण भएको कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक सुशील थापा मगरले जनाएको छ।

थारूवान

सरकारले थरुहट आन्दोलनकारीसँग वार्ता गर्न गृहमन्त्री रामबहादुर थापा बादलको संयोजकत्वमा वार्ता टोली गठन गरेको छ। सरकारका प्रवक्ता पार्वत गुरुङले सोमवार सिंहदरवारमा पत्रकार सम्मेलन गरी वार्ता टोली गठनको जानकारी दिएका हुन्।

थारूवान

प्रधानमन्त्री केपी शर्मा ओलीको ‘एक्सन प्लान’कार्यान्वयन गर्ने जिम्मेवारीमा रहँदा सधैँ चर्चामा आउने युवा नेता महेश बस्नेत र अहिले राष्ट्रिय चर्चाको शिखरमा रहेका जनता समाजवादी पार्टीका सांसद रेशमलाल चौधरीबीच आज बिहान छलफल भएको छ ।

थारूवान

एसियाली भारोत्तोलन च्याम्पियनसिपमा सहभागी हुन २ खेलाडीसहित ३ सदस्यीय नेपाली टोली बिहीबार उज्वेकिस्तानको तास्कान्द प्रस्थान गरेको छ ।

थारूवान

दाङको तुलसीपुर ६ स्थित पब्लिक ज्ञान ज्योति माध्यामिक विद्यालयको मंगलबार बिहान भएको बस दुर्घटनामा एक जनाको मृत्यु भएको छ। प्रहरीका अनुसार तुलसीपुर १६ गणेशपुर निवासी १८ वर्षीया सम्झना केसीको मृत्यु भएको हो। उनी कक्षा ११ मा पढ्थिन। त्यस्तै यसअघि प्रहरीले मृत्यु भइसकेको बताएका किरण चौधरी गम्भिर घाइते भएका छन्।...

थारूवान