थारू समाचार

राप्रपाका सांसदले राजा फर्काउँछौं भनेपछि मेटमणि चौधरीले दिए कडा प्रतिक्रिया

नेकपा एकीकृत समाजवादीका सांसद मेटमणि चौधरीले प्रतिनिधिसभा बैठकमा देखिएको प्रस्तुतिले लोकतन्त्रिक व्यवस्थामाथि खतरा महसुस देखिएको बताएका छन्। तर, उनले राजतन्त्र र हिन्दू राज्य पुनःस्थापना नहुने जिकिर गरे।

थारुवान संबाददाता

थारू आरक्षणसम्बन्धी मुद्दाको बहस सकिएको छ। सर्वोच्च अदालतमा सोमबारदेखि सुरु भएको बहस आज सकिएको हो। सर्वोच्च अदालतले माघ २४ गते फैसला सुनाउने भएको छ। थारू कल्याणकारिणी सभाका महामन्त्री प्रेमीलाल चौधरीले बहस सकिएको भन्दै सर्वोच्च अदालतले माघ २४ गते फैसला सुनाउने जानकारी दिए।

थारुवान संबाददाता

टीकापुर घटनासम्बन्धी मुद्दाको पेसी स्थगित भएपछि नागरिक उन्मुक्ति पार्टीका नेताहरू सशंकित बनेका छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले माघ महिनाभित्रै रेशम चौधरीलाई रिहाइ गर्ने वाचा गरेका थिए।

थारुवान संबाददाता

पार्टी एकताका विषयमा जनता समाजवादी पार्टी (जसपा)का नेता राजेन्द्र श्रेष्ठ र नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीबीच छलफल भएको छ। वार्ता समितिको संयोजकसमेत रहेका श्रेष्ठले मंगलबार डिल्ली बजार जेलमै गएर रेशमसँग छलफल गरेका हुन्।

थारुवान संबाददाता

कैलालीको टीकापुरमा ०७२ साल भदौ ७ गते भएको घटनासम्बन्धी मुद्दाको आजको सुनुवाइ स्थगित भएको छ। सर्वोच्चमा यसअघि ८ पटकसम्म साधारण तारिख र ५ पटक पेसी स्थगित भइसकेको थियो।

थारुवान संबाददाता

बर्दियाको बाँसगढी नगरपालिका-५ मा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। भे ४ प ५१७६ नम्बरको मोटरसाइकल गएराति १० बजे अनियन्त्रित भई पल्टिंदा बाँकेको बैजनाथ गाउँपालिका-२ का ५६ वर्षीय भागिराम थारुको मृत्यु भएको हो।

थारुवान संबाददाता

कैलालीको टीकापुरमा ०७२ साल भदौ ७ गते भएको घटनासम्बन्धी मुद्दाको पेसी आजका लागि तोकिएको छ । सर्वोच्च अदालतमा पटक-पटक तोकिएको यसअघिका पेसी सारिएको थियो। सो मुद्दामा कैलाली जिल्ला अदालतले ११ र उच्च अदालतले आठजनालाई जन्मकैदको फैसला सुनाएको थियो। त्यसपछि रेशम चौधरी पक्षका कानुन व्यवसायीले सर्वोच्चमा पुनरावेदन निवेदन दिएका थिए।

थारुवान संबाददाता

कञ्चनपुरको लालझाडी गाउँपालिका-६ चान्देउका सुदराम चौधरीले दोदा नदीको बगरमा तरकारी खेती गर्न लागेको १४ वर्ष भयो। भारतको दिल्लीदेखि मुलुकका धेरै ठाउँमा ज्यालादारी गर्दै हिँडेका चौधरीले अहिले भने दोदा नदी बगरको कमाइले धनगढीमा घडेरी खरिद गरेका छन्।

थारुवान संबाददाता

लुम्बिनी प्रदेशमा माघ २५ गते हुन गइरहेको राष्ट्रियसभा सदस्य उपनिर्वाचनका उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिएको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालय घोराही दाङले सोमबार तीन जना उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेको छ।

थारुवान संबाददाता

थारू आरक्षणको माग गर्दै दायर भएका ४० वटा मुद्दाको बहस सर्वोच्च अदालतमा सुरु भएको छ। उक्त मुद्दाहरूको बहस सर्वोच्चका न्यायाधीशद्वय विश्म्भरप्रसाद श्रेष्ठ र आनन्दमोहन भट्टराईको बेन्चमा सुरु भएको हो।

थारुवान संबाददाता
1 71 72 73 74 75 177