थारू समाचार

केपी ओलीसँग कुरा भइरहेको छ, म एमालेमै फर्किन्छु : गंगा थारू

नेकपा एमालेले कारबाही गरेकी केन्द्रीय सदस्य गंगा थारुले आफूले पार्टी त्याग नगरेको दाबी गरेकी छन्। शनिबार प्रेस चौतारी नेपाल कैलालीको बैठकमा बोल्दै उनले यस्तो बताएकी हुन्। उनले आफूलाई नेकपा एमालेले केन्द्रीय कमिटीबाट कारबाही गरेर निकालेको बताउँदै आफूले पार्टी नछाडेको दाबी गरिन्।

थारुवान संबाददाता

नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रन्जिता श्रेष्ठले आफनो माग छिटो सम्बोधन गर्न सरकारसँग आग्रह गरेकी छन्। संसद भवन छिर्नेक्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै आफू सरकारकै पक्षमा रहेपनि माग सम्बोधन नभएसम्म प्रतिपक्षमा बस्ने बताइन्।

थारुवान संबाददाता

भारतीय दूतावासले संगीत सुकुन नामक सांगीतिक कार्यक्रमको आयोजना गरेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित नेपालका मन्त्री र नेताहरूको सहभागितामा दूतावासले संगीत उत्सव मनाएको हो।

थारुवान संबाददाता

नेपालस्थित भारतीय राजदूतावासले वातावरणमैत्री जीवनको अवधारणालाई प्रवर्द्धन गर्न दौडको आयोजना गरेको छ। ‘आजादीका अमृत महोत्सव’अन्तर्गत दूतावासले शनिबार पशुपतिनाथ मन्दिर परिसरमा पाँच किलोमिटर दौडको आयोजना गरेको हो।

थारुवान संबाददाता

प्रतिनिधिसभाको बिहीबार बसेको बैठकमा बोल्ने नागरिक उन्मुक्तिका प्रमुख सचेतक गंगाराम चौधरीले आफूहरूलाई पद नभई न्याय चाहिएको बताएका छन्। सुदूरपश्चिम प्रदेशमा कांग्रेसले दिएको मुख्यमन्त्री र चार मन्त्रीको प्रस्तावलाई छाडेर सत्ता गठबन्धनलाई समर्थन गरेको, तर अहिलेसम्म मागमुद्दा सम्बोधन नहुँदा शंका बढेको बताए।

थारुवान संबाददाता

थारू कल्याणकारिणी सभा युएईले माघी महोत्सव मनाएको छ। आइतबार क्लब एभरेस्ट बरदुबईमा कार्यक्रम आयोजना भएको हो। कार्यक्रममा नेपाली दूतावासका द्वितीय सचिव तिलबहादुर सुनार प्रमुख अतिथि रहेका थिए। उनले थारू समुदायको माघी महोत्सवले प्रवासमा पनि नेपाली पहिचानलाई प्रवर्द्धन गरेको बताए। उनले यस्ता कार्यक्रमले नेपाली संस्कृतिलाई विदेशमा चिनाउन मद्धत गर्ने बताए।

थारुवान संबाददाता

थारु समुदायको संस्कृति संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले यस वर्ष पनि बाणगंगा नगर स्तरीय माघी महोत्सव सुरु भएको छ। कपिलबस्तुको वाणगंगा वडा नं. ९ कपिलधाममा सुरु भएको चौथों बाणगंगा नगर स्तरिया माघी महोत्सवको दोस्रो दिन हजारौं संख्यामा दर्शकहरुको घुईचो लागेको थियो।

कमल चौधरी

सबिता बुढा/सेतोपाटीबाट कमैया परिवारकी कोइलीदेवी चौधरी नेकपा एमालेबाट सुदूरपश्चिम प्रदेशको उपसभामुख बनेकी छन्। सत्ता साझेदार दलहरू नेकपा एमाले, माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी र राप्रपाको समर्थनमा उनी उपसभामुखमा बहुमतका साथ मंगलबार निर्वाचित भएकी हुन्।

थारुवान संबाददाता

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले पदभार ग्रहण गरेकी छन्। पदभार ग्रहणपश्चात् मन्त्री चौधरीले राष्ट्रिय ज्येष्ठ नागरिक नीतिको प्रारम्भिक मस्यौदाबारे सरोकारवालासँग छलफल गरी अन्तिमरुप दिन समिति गठन गरी कार्य अघि बढाउने पहिलो निर्णय गरेकी छन्।

थारुवान संबाददाता

पुस २८ गतेदेखि पूर्वी चितवनको खैरहनीमा शुरु भएको आठौं खिचरा महोत्सव आज सकिँदै छ। एक हप्ता सञ्चालन भएको महोत्सवको समापनका लागि सहरी विकास मन्त्री विक्रम पाण्डे चितवन आउँदै छन्। राप्रपाका वरिष्ठ उपाध्यक्षसमेत रहेका पाण्डे मंगलबार मात्रै मन्त्री पदमा नियुक्त भएका हुन्।

थारुवान संबाददाता
1 74 75 76 77 78 178