थारू समाचार

खिचरा महोत्सव आजदेखि सुरु, गृहमन्त्रीले उद्घाटन गर्ने

पूर्वी चितवनको खैरहनीमा आजदेखि खिचरा महोत्सव सुरु भएको छ। थारू कल्याणकारिणी सभा चितवन क्षेत्र नं ७ ले हरेक वर्ष माघीको अवसरमा आयोजना गर्दै आएको यो महोत्सवको आठौँ संस्करण हो। कार्यक्रमको उद्घाटन दिउँसो १ बजे हुँदैछ। गृहमन्त्री रवि लामिछानेले कार्यक्रमको उद्घाटन गर्नेछन्।

थारुवान संबाददाता

दुबईमा आयोजना हुने माघी महोत्सवको सम्पूर्ण तयारी पूरा भएको छ। थारू कल्याणकारिणी सभा युएईले आयोजना गर्ने महोत्सवको तयारी पूरा भएको कार्यक्रम संयोजक लालबहादुर चौधरीले बताए। महोत्सवमा नेपालबाट थाकसका महामन्त्री प्रेमीलाल चौधरी र गायिका समीक्षा चौधरी सहभागी हुँदैछन्।

थारुवान संबाददाता

काठमाडौं उपत्यकामा बसोबास गर्ने थारू समुदायले टुडिखेलमा थारू माघी महोत्सव मनाउने भएका छन् । पुस ३० र माघ १ गते हुने महोत्सवको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्नेछन्।

थारुवान संबाददाता

नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेशमा गठबन्धनलाई सरकारलाई समर्थन गर्ने भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले महिना दिनभित्र रेशम चौधरीसहित टीकापुरका घटनाका राजबन्दीहरूलाई रिहाइ गर्ने

थारुवान संबाददाता

आठौं संस्करणको ‘खिचरा महोत्सव–२०७९’ को समुदघाटन गृहमन्त्री रवि लामिछानेले गर्ने भएका छन्। खिचरा महोत्सव आयोजक समितिले आज एक प्रेस विज्ञप्ति जारी गर्दै महोत्सवको समुदघाटन गृहमन्त्री रवि लामिछानेले गर्नुहुने जानकारी गराएका छन्।

कारी महतो

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कानुनसम्मत ढंगले रेशम चौधरीलाई रिहा गराउने बताएका छन्। प्रतिनिधिसभामा विश्वासको मत मागेका उनले सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै उनले संसदबाट कानुन बनाएर रेशम चौधरीलाई कानुनसम्मत ढंगले रिहा गराउने बताएका हुन्।

थारुवान संबाददाता

थारू समुदायको लोकप्रिय ‘माघी पर्व’ यसवर्ष पनि काठमाडौंँमा विशेष रूपमा मनाउने तयारी भइरहेको छ । पछिल्लो समय माघीलाई राष्ट्रिय पर्वका रुपमा मनाउने गरिएको छ । तराई क्षेत्रका केही खास जिल्लामा बसोबास गर्ने थारू समुदायको यस पर्वले काठमाडौँ उपत्यकावासीलाई पनि तान्दैछ ।

सन्तोष थारू/रासस

नेपाली कांग्रेसले सुदूरपश्चिम प्रदेशको सरकार बनाउन नागरिक उन्मुक्ति पार्टीलाई प्रस्ताव गरेको छ। डिल्लीबजार कारागारमा रहेका नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई भेटेर कांग्रेस नेताहरूले सो प्रस्ताव गरेका हुन्।

थारुवान संबाददाता

नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने तर सरकारमा सहभागी नहुने बताएकी छन्। मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले रेशम चौधरीसहित थारु बन्दीहरु रिहा नभएसम्म आफूहरु प्रतिपक्षमै बस्ने बताइन्।

थारुवान संबाददाता

चितवन जिल्लाको खैरहनी नगरपालिका वडा नं. ९ निवासी विक्रम पंजियार नेपाली काँग्रेसको खैरहनी नगर उपसभापति हुन्। राजनीतिलाई पेशाको रुपमा नहेरी समाजसेवाको रुपमा हेर्ने पंजियारले आफ्नै वडामा आधुनिक कृषि फर्म स्थापना गरी तीन विघा क्षेत्रफलमा व्यावसायिक तरकारी खेती गरिरहेका छन्।

कारी महतो
1 77 78 79 80 81 178