थारू समाचार

१५ सय मिटर दौडमा फूलमति रानाले जितिन् स्वर्ण

नवौं राष्ट्रिय खेलकुद अन्तर्गत एथ्लेटिक्सको महिलातर्फ १५ सय मिटरमा दौडमा एपीएफकी फूलमति रानाले स्वर्ण पदक जितेकी छन्। पोखरा रंगशालाका र्ट्याकमा भएको दौडमा फूलमतिले ४ मिनेट ३८.१९ सेकेन्डमा निर्धारित दूरी पूरा गरिन्।

थारुवान संबाददाता

लुम्बिनी प्रदेशकी निशा चौधरीले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत महिला १ सय मिटर दौडमा नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छन्। पोखरा रंगशालास्थित ट्रयाकमा शनिबार विहान भएको १ सय मिटर दौडको पहिलो हिटमै निशाले कीर्तिमान कायम गरेकी हुन्।

थारुवान संबाददाता

नेकपा माओवादी केन्द्रका युवा नेता अमनलाल मोदी तेस्रोपटक सांसद बन्ने तयारीमा छन्। अघिल्लो चुनावमा नेपाली कांग्रेसका हेभिवेट नेता महेश आचार्यलाई पराजित गरेका अमनलाल मोदीले यसपटक एमालेसँग प्रतिस्पर्धा गर्दैछन्। मोदीले एमालेका विनोद ढकालसँग प्रतिस्पर्धा गर्दैछन्।

थारुवान संबाददाता

आसन्न प्रतिनिधिसभा एवं प्रदेशसभा निर्वाचनमा प्रमुख राजनीतिक दलका २८ जना थारू नेताहरू प्रदेशसभा सदस्यका लागि प्रतिस्पर्धामा छन्। सबैभन्दा धेरै नेकपा एमालेबाट १५ जना, नेपाली कांग्रेसबाट ६ जना, माओवादी केन्द्रबाट ५ जना र जनता समाजवादी पार्टीबाट दुई जना रहेका छन्।

थारुवान संबाददाता

नागरिक उन्मुक्ति पार्टीका दुई नेताको उम्मेदवारी खारेज भएपछि यतिबेला थारू समुदायमा चर्को बहस भइरहेको छ। अघिल्लो निर्वाचनमा यही मुद्दामा दुवै नेताले चुनाव लडेका थिए। कैलाली ५ बाट लक्ष्मण थारु पराजित हुँदा कैलाली १ मा रेशम चौधरी बहुमतका साथ विजयी भएका थिए।

थारुवान संबाददाता

नागरिक उन्मुक्ति पार्टीले आसन्न निर्वाचनमा प्रदेशसभातर्फ ५७ वटा क्षेत्रमा उम्मेदवारी दिएको छ। स्थानीय तह निर्वाचनमा चार पालिका जितेर चर्चामा आएको रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टीले पूर्व मोरदेखि पश्चिम कञ्चपुरसम्मै उम्मेदवार उठाएको छ।

थारुवान संबाददाता

नागरिक उन्मुक्ति पार्टीले आसन्न निर्वाचनमा प्रतिनिधिसभातर्फ ३४ वटा क्षेत्रमा उम्मेदवारी दिएको छ। स्थानीय तह निर्वाचनमा चार पालिका जितेर चर्चामा आएको रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टीले पूर्व मोरदेखि पश्चिम कञ्चपुरसम्मै उम्मेदवार उठाएको छ।

थारुवान संबाददाता

नागरिक उन्मुक्ति पार्टीबाट बर्दिया क्षेत्र नं २ बाट आधिकारिक उम्मेदवार बनेका लालवीर चौधरीले नल्का चुनाव चिन्ह प्राप्त गरेका छन्। निर्वाचन आयोगले बुधबार रेशम चौधरीका पितासमेत रहेका लालवीरलाई नल्का चुनाव चिन्ह प्रदान गरेको हो।

थारुवान संबाददाता

निर्वाचन आयोगले उम्मेदवारी खारेज गरेपछि नागरिक उन्मुक्ति पार्टीका संरक्षकसमेत रहेका रेशम चौधरी अदालत जाने भएका छन्। डिल्लीबजार कारागारमा रहेका रेशमले न्यायका लागि सर्वोच्च अदालतमा रिट हाल्ने बताए।

थारुवान संबाददाता

आसन्न प्रतिनिधिसभा एवं प्रदेशसभा निर्वाचनमा आधिकारिक उम्मेदवारको विवादमा नेपाली कांग्रेस बर्दियाका नेताहरूले सामूहिक राजीनामा दिएका छन्। बर्दिया क्षेत्र नं. १ मा अरुण प्रकाश सिंह राठौर उम्मेदवारी रद्द भएपछि उनीहरूले सामूहिक राजीनामा दिएका हुन्।

थारुवान संबाददाता