संघ
भूमिहीन सुकुम्बासी संगठनको अध्यक्षमा शान्ता चौधरी निर्वाचित
नेकपा एमाले निकट नेपाल भूमिहीन सुकुम्बासी संगठनको अध्यक्षमा शान्ता चौधरी पुनः निर्वाचित भएकी छन्। बर्दियाको गुलरियामा बिहीवार शुरु भइ शुक्रवार सम्पन्न अधिवेशनले चौधरीको नेतृत्वमा नयाँ कार्यसमिति गठन गरेको छ। एमाले अध्यक्ष केपी ओलीले बिहीवार अधिवेशन उद्घाटन गरेका थिए।
थारुवान संबाददातालोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष रेशम चौधरीको रिहाइ हुनुपर्ने शर्त अगाडि सारेका छन्। एमसीसीका विषयमा छलफल गर्न बालुवाटार पुगेका अध्यक्ष ठाकुरले टीकापुर घटनामा जेलबन्दी जीवन बिताइरहेका कैलाली- १ का निलम्बित सांसद चौधरीको रिहाइ माग गरेका हुन्।
थारुवान संबाददाताराष्ट्रियसभा सदस्य १९ रिक्त पदका लागि नौ राजनीतिक दलका ४३ जनाको उम्मेदवारी परेको छ। आगामी माघ १२ गते हुने उक्त निर्वाचनका लागि ४३ उम्मेदवारबाट मनोनयनपत्र दर्ता भएको निर्वाचन आयोगका प्रवक्ता शालीग्राम शर्माले जानकारी दिए। उक्त निर्वाचनका लागि आज बिहान १० देखि दिउँसो ३ बजेसम्म उम्मेदवारी मनोनयनको समयावधि तोकिएको थियो।...
थारुवान संबाददातासांसदहरुले उखु किसानले चिनी मिललाई उखु बेचेको रकम अझै नपाएको भन्दै सरकारको आलोचना गरेका छन्। मंगलबार प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिको बैठकमा सहभागी सांसदहरूले समयमै उखुको मूल्य निर्धारण नगर्ने र किसानले मिललाई बेचेको उखुको भुक्तानी दिलाउन पहल नगरेको भन्दै सरकारको आलोचना गरेका हुन्।
थारुवान संबाददाता
रेशम रन्जितालाई खुला पत्र