संघ

अन्ततः फुट्यो एमाले, माधव नेपालको पार्टीमा जम्मा तीन जना थारु नेता

केपी ओली नेतृत्वको नेकपा एमाले अन्ततः विभाजित भएको छ। पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले नेकपा एमाले (समाजवादी) दल निर्वाचन आयोगमा दर्ताका लागि निवेदन दिएका छन्। पार्टी दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन पेस गरेका छन्।

थारुवान संबाददाता

जनता समाजवादी पार्टीका निलम्बित सांसद रेशम चौधरीको रिहाइ माग गर्दै माइतीघर मण्डलामा विरोध प्रदर्शन गरिएको छ। थरुहट थारुवान राष्ट्रिय मोर्चाले आयोजना गरेको विरोध प्रदर्शनमा नागरिक समाजका अगुवाहरु समेत सहभागी थिए। नागरिक समाजका अगुवा नारायण वाग्ले, युग पाठक, श्रवण मुकारुङ, भास्कर गौतमलगायत सहभागगी थिए। नेता राजकुमार लेखीसहितका थारु नेताहरु पनि...

थारुवान संबाददाता

नेकपा एमालेले वरिष्ठ नेता माधवकुमार नेपालसहित १४ सांसदलाई कारबाही गरेको छ। सरकारले संसदीय दल वा केन्द्रीय कमिटीको २० प्रतिशत पुर्‍याएर दल विभाजन गर्न सक्ने गरी राजनीतिक दलम्बन्धी अध्यादेश ल्याए लगतै ओली पक्षले कारबाही थालेको हो।

थारुवान संबाददाता

नेकपा एमालेकी सांसद गंगा थारु सत्गौंवाले रेशम चौधरीलाई रिहाइ गर्न माग गरेकी छन्। संसदको शून्य समयमा बोल्दै उनले आफ्नो समुदायको हकहितको लागि आवाज उठाउने रेशम चौधरीलाई रिहाइ गर्न माग गरेका हुन्।

थारुवान संबाददाता

बालुवाटार जग्गा प्रकरणमा अख्तियारले मुद्दा चलाएपछि सांसद पदबाट निलम्बनमा रहेको कांग्रेस उपसभापति विजयकुमार गच्छदारले आफ्नो ५० वर्षको राजनीति सिध्याउन ललिता निवासका विषयमा अख्तियारले मुद्दा चलाएको दावी गरेका छन्।

थारुवान संबाददाता

शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारले न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेको छ । आइतबार सिंहदरबारमा कार्यक्रम आयोजना गरेर संयुक्त सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरिएको हो ।

थारुवान संबाददाता

नेकपा एमालेकी सांसद गंगा चौधरी सत्गौंवाले पार्टीका वरिष्ठ नेता माधव कुमार नेपाललाई १४ बुँदे सुझाव दिएकी छन्। उनले सामाजिक सञ्जालमार्फत् नेता नेपाललाई विशाल पार्टी एमालेलाई फुटको संघारमा नपुर्‍याउन आग्रह गरेकी छन्।

थारुवान संबाददाता

एमाले पार्टीमा गएका गौरीशंकर चौधरीसहित चार पूर्वमाओवादी सांसदले सांसद पद पुर्नबहाली गरिपाऊँ भन्दै दिएको रिट निवेदनमाथि सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । माओवादीले सांसदबाट पदमुक्त गर्ने निर्णय कानुन सम्मत नै रहेको आदेशमा भनिएको छ ।

थारुवान/काठमाडौं

जेलमा रहेका जसपाका निलम्वित सांसद रेशम चौधरीले आफ्नोबारे भ्रामक समाचार सम्प्रेषण भएको बताएका छन्। उनले आफू अहिलेसम्ब तटस्ट रहेको प्रस्ट पारेका छन्। ‘निर्वाचन आयोगमा मैले गरेको निर्णय विपरीत गएको छैन। म अहिले पनि तटस्थ बसेको छु। मेरोबारे सञ्चारमाध्यममा भ्रामक समाचार सम्प्रेषण गराइयो,’ टेलिफोनमा चौधरीले भने।

थारुवान संबाददाता

नेपाली राजनीतिमा उमाकान्त चौधरी नयाँ नाम होइन। बारा क्षेत्र नं १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य उमाकान्त चौधरी विद्यार्थी राजनीतिदेखि नै प्रजातान्त्रिक विचारधारा अंगालेर नेपाली कांग्रेसको राजनीतिमा सक्रिय रहँदै आएका छन्।

थारुवान संबाददाता
1 20 21 22 23 24 26